हेमजा ।“हाम्रो सदिक्षाः यूवालाई रोजगारी,बालबालिकालाई शिक्षा” भन्ने मुल नाराका साथ सञ्चालित हाम्रो नयाँ अवसर सामुदायिक संस्था(ओनो)ले सामुदायिक बिद्यालय गरिब तथा जेहेनदार विधार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
संस्थाले भाद्र ९ गते राप्ती न.पा–६,चितवनमा अवस्थित श्री भण्डारा माध्यामिक बिद्यालयमा आयोजित कार्यक्रममा राप्ती ११ मार्तालको जनज्योति आधारभुत बिद्यालयका ७ जना, राप्ती–४, काशिरुपा आधाभुत बिद्यालयका ४ जना तथा वडा नं ६ रत्ननगरको भण्डारा माध्यामिक बिद्यालयका ४ जना बिधार्थीलाई जनही १० हजारका दरले नगद तथा जिन्सीसहित छात्रवृत्ति प्रदान गरेको छ । त्यस्तै भाद्र १० गते दोर्दी गा.पा–६, किर्तिपुर लमजुङ्गको श्री भगवान आधारभुत बिद्यालयका १३ जना, श्री बालकल्यण माध्यामिक बिद्यालयका ३ जना, श्री भुमेस्थान प्राथामिक बिद्यालयका ४ जनालाई सोहि १० हजारका दरले छात्रवृत्ति दिइएको हो ।
राप्ती न.पा वडा न. ६ का अध्यक्ष जल्लु महतोले सम्बोधन गर्दै जापान तथा नेपालमा रहेका ओनो परिवारको सहयोग प्रति हार्दिक आभार प्रकट गरे । विधार्थी तथा अभिभावकलाई प्राप्त छात्रवृत्ति रकम अन्य घर खर्चमा प्रयोग नगरी ओनोको उद्देश्य अनुरुप विद्यार्थीको शिक्षामा नै प्रयोग गर्न आग्रह गरे ।
राप्ती न.पा.मा आयोजित कार्यक्रममा भण्डारा आ.वि सल्लाहाकार पशुपति खरेल,बिद्यालय व्य.स अध्यक्ष राम बहादरु सारु मगर,प्र.अ कुमार सिह लामा लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
यता दोर्दी गा.पा बडा न.६ का अध्यक्ष नन्दराज घलेले सम्बोधन गर्दै ओनोले यो सहयोगलाई कक्षा १२ सम्म निरन्तरता दिन आग्रह गरे ।
भगवान आ.वि का वि.व्य.स अध्यक्ष श्री मिन ब.घले , अभिभावक संघका अध्यक्ष श्री कृण्ण ब. गुरुङ, बिद्यालयका प्र.अ बर्खमान घले, ओनो नेपाल लम्जुङ्ग संयोजक सुनिल घले लगायतले कार्यक्रमका विच शुभकामना राखेका थिए ।
ओनो ग्रुप नेपाल कोषाध्यक्ष बिना थापाले आर्थिक प्रतिवेदन पेश, सदस्य कपिल राज दाहाले विधार्थीहरु र जापानमा रहेका ओनो समुह विच अनलाईन अन्तरकृयाका लागि प्राविधिक सहजिकरण गरेका थिए ।
संस्थाका अध्यक्ष देवीलाल शर्मा दाहालको अध्यक्षतामा भएको कार्यक्रको स्वागत ओनोका संस्थापक अध्यक्ष एवं सल्लाहकार भोलानाथ पौडेले र सञ्चालन सचिब बिष्णु बरालले गरेका थिए ।