सराङकोटमा विशेष फुलपाति बढाई साराङ्ग खेल हुने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

 पाेखरा ।

साराङ्ग  खेल र विशेष फुलपाति बढाई कार्यक्रम सराङकोटमा हुने भएको छ । नेपालको इतिहास राज्य एकिकरणसँग जाेडिएको युद्व साराङ्ग  खेल र विशेष फुलपाति बढाई कार्यक्रम जोडिएको साराङ्ग नाचलाई खेलको रुपमा करिव ७०० वर्ष पुरानो शाह बंशीय राजा कुलमण्डल शाहको पालादेखि गरिदै आएको इतिहासलाई क्षत्री समाज नेपाल पोखरा १८ को अगुवाईमा पुन सकृय गरिने भएको हाे ।

नेपालको एतिहासिक संस्कृति संरक्षणमा नयाँ पुस्ताहरुलाई सहभागी गरिने उद्देश्यसहित यस वर्षदेखि निरन्तरता दिने गरी सुरु गरिएको सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेम बहादुर जि.सीले बताए ।

पुर्व पश्चिम  उचा्इ भएको सराङकोटमा हतियार भण्डारण क्षेत्रको रुपमा परिचित रहेको मानिन्छ । हाल सराङकोटमा विशाल शिव मन्दिर पञ्चमुखी गणेशको विशाल मुर्ती संगै परापुर्व कालदेखी मानिदै आएको भुमे कालिका देबी भैरव ,चण्डी मन्दिरको पुन निर्माण भैसकेको छ ।

हालसम्म ३० करोड र्खच भैसकेको सराङकोटको पहिचानलाई पूर्न निमार्ण संगै भ्यूटावरको निमार्णले पर्यटकलाई आकर्षण दिई रहेको छ ।

नेपालको संस्कृति परम्परा सबै जाति भन्दा माथि रहेकाले साराङ्ग  खेललाई धार्मिक पर्यटनसंग जोडी यूवा पुस्तालाई सहभागी गराउन सके सराङकोटको पहिचान विश्वमाझ थप परिचित हुने क्षत्री समाज नेपालका महासचिव कृष्ण बहादुर थापाले बताए ।

सयौं बर्षदेखि मनाइदै आएको फुलपाति बढाई लाई पुन सकृय गराई विजयदशमीको फुलपाति असोज २४ गते सराङकोट क्षेत्रमा विशेष रुपले मनाइने योजना रहेको पोखरा महानगर पालिका वार्ड नं १८ का अध्यक्ष शिब प्रशाद तिमिल्सीनाले बताए ।

इतिहासको खोजी संगै सबै जातिको सहभागितामा साराङ्ग खेललाई नियमित गदै ,संरक्षण गरिने योजना रहेको क्षत्री समाज नेपाल पोखरा १८ सराङकोटका अध्यक्ष अमर बहादु्र थापाले बताए ।

कार्यक्रम सफल पार्न पोखरा १८ मा रहेका सामाजिक ,धार्मिक ।संघ संस्थाहरु समेटी बृहत आयोजक समिति गठन गरिएको छ ।

सराङखेलमा सराङकोटका १० देखी ७० बर्ष  सम्म का ५० जनाको सहभागि रहेको प्रशिक्षणका लागी गण्डकी प्रज्ञाप्रतिष्ठानले सहयोग गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्