तोलामा ३ हजार ८ सय बढ्यो सुन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ प्रतितोला ३१० रुपैयाँ रुपैयाँ बढेको छ । एकैदिन चाँदी ५.७ प्रतिशत महँगिएको हो । अघिल्लो दिन तोलाको ५ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ७२० रुपैयाँ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्