लोमन्थाङका विद्यार्थीलाई पोखरामा रोटरी क्लबले वितरण गर्यो न्यानो कपडा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशको दुर्गम स्थान हिमाल पारीको जिल्ला मुस्ताङको लोमन्थाङमा संचालनमा रहेको छोन्हुप जिन्जु आधारभुत विद्यालयका विद्यार्थीलाई रोटरी क्लब अफ न्युरोड पोखराले मंगलबार पोखराको हेम्जामा न्यानो कपडा वितरण गरेको छ ।

जाडो मौसममा लोमन्थाङबाट पोखरा झरी घुम्ती विद्यालयको रुपमा हेम्जा–२५, सुइखेतमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई जाडोको कपडा आवश्यक भएकाले ४१ थान न्यानो कपडा शिरदेखि पाउसम्मको हुट सेट वितरण गरिएको कार्यक्रमका संयोजक एवं संस्थाका संस्थापक अध्यक्ष शिक्षाविद् रविप्रसाद बरालले जानकारी दिनुभयो ।

त्यसैगरी विद्यालयका प्राचार्य वाङ्दी गुरुङले ६ विद्यालय मर्ज भएर हाल यो विद्यालयमा ४१ जना विद्यार्थी रहेको जानकारी दिनुहुदै रोटरी क्लबको प्रसंशा गर्नुभयो ।

चिसो सुरु भएपछि लोमन्थाङबाट पोखरा झरेका विद्यार्थीहरु बैशाखको पहिलो हप्तामा मात्र लोमन्थाङ जानेछन् ।कार्यक्रममा क्लबका अध्यक्ष दिपेन्द्र शर्मा रोटरी क्लबले शिक्षा र स्वास्थ्यमा काम गर्दै आएको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्