हेमजा युनाईटेडकाे शुभकामना आदानप्रदान कार्यक्रम,खेलकुदकाे विकासमा लाग्न सहभागिकाे जाेड

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । ‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने नाराका साथ स्थापित हेमजा युनाईटेडले २०८२ सालकाे क्यालेण्डर वितरण तथा नयाँ वर्ष २०८२ सालकाे शुभकामना आदानप्रदान गरेकाे छ ।

चैत तेस्राे साता मात्र नवनिर्वाचित भएकाे समितिले पदस्थापनसँगै पहिलाे कार्यक्रम क्यालेण्डर वितरण तथा शुभकामना आदानप्रदान गरेकाे हाे ।

कार्यक्रममा पाेखरा २५ वडा कार्यालयका सूचना अधिकारी तथा हेमजा युनाईडेटकाे पाँचाै अधिवेशनकाे निर्वाचन समितिका संयाेजक इश्वरीप्रसाद बास्ताेलाले हेमजा युनाइटेडका नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन गराएका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रमका सहभागिहरुले हेमजा युनाइटेडलाई हेमजाबाट खेलकुदकाे विकास तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरकाे खेलाडी उत्पादनमा लाग्न जाेड दिएका छन् ।

कार्यक्रममा बाेल्दै हेमजा युनाइटेडका नवनिर्वाचित अध्यक्ष कृष्णमान श्रेष्ठले आफ्नाे कार्यकालमा सवल सक्षम र दरिलाे पाराले काम गर्दै गर्विलाे कार्यकालकाे ईतिहास रच्ने तरिकाबाट काम गर्ने प्रतिवद्वता जनाए । उनले हेमजाकाे खेदकुदकाे विकासका लागि क्यालेण्डरमा संस्थाले निर्धारण गरेकाे कार्यतालिका अनुसार काम गर्ने र आवश्यकताअनुसार अन्य कार्यक्रमहरु पनि गर्दै जाने बताए ।

हेमजाका जुनसुकै सामाजिक काममा सकृय रुपमा लाग्ने श्रेष्ठले समग्र हेमजाकाे विकासका लागि हेमजाका सम्पूर्ण संघसंस्थाहरुसँग सहकार्य गर्ने प्रतिवद्वता जनाए ।

कार्यक्रमका प्रमुख अतिथि पाेखरा २५ नं. वडा कार्यालयका कार्यवहाक अध्यक्ष सुभास भण्डारीले हेमजा युनाइटेडले अन्तराष्ट्रिय स्तरकाे खेल सञ्चालन गरेर हेमजालाई चिनाउन उत्कृष्ट काम गरेकाे बताए ।

उनले हेमजालाई चिनाउने आलु महाेत्सव, साहित्य महाेत्सव, माैरी महाेत्सव जस्तै अब खेलकुदकाे माध्यमबाट हेमजालाई चिनाउन हेमजा युनाइटेडले महत्वपूर्ण भूमिका निर्वाह गर्ने सकाेस भन्ने शुभकामना दिए ।

उनले राष्ट्रिय स्तरकाे खेलाडी बन्न स्थानिय स्तरबाट नै शुरु गर्नुपर्ने भएकाेले एकेडेमिक हिसावले खेलाडी उत्पादनमा लाग्नुपर्नेमा जाेड दिए । एकेडेमी सञ्चालन गर्ने र खेलाडी उत्पादन गर्नकाे लागि राज्यले खर्च गर्नुपर्ने उनकाे भनाई छ ।

भण्डारीले स्थानिय वडा तथा पालिकादेखि नै एकेडेमिक हिसावले अगाडि बढेर खेलाडी उत्पादन गर्न सबै लागिपर्नुपर्नेमा जाेड दिए । उनले आगामी दिनमा खेलकुदकाे विकासकाे लागि खेल क्षेत्रलाई प्राथमिकतामा राखेर वजेट छुट्याउने आश्वासन दिए ।

संघ सरकारले खेलकुदलाई प्राथमिकता नदिएकाे गुनासाे गरेका उनले २५ नं वडाले पनि खेलकाे कार्यक्रममा सहयाेग गर्ने गरकाे तर दीर्घकालिन साेचमा अहिलेसम्म नलागेकाे स्वीकार गर्दै आगामी दिनमा हेमजाका क्लवहरुलाई खेलकाे विकासका लागि सहकार्य गर्नकाे लागि आव्हान गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पाेखरा २५ हेमजाका संयाेजक भरतराज अधिकारीले हेमजा युनाइटेडले खेलकुदकाे छविलाई अगाडी बढाईरहेकाे र आगामी दिनमा थप प्रभावकारी रुपमा अगाडि बढाउन सकाेस भन्ने कामना गरे ।

टाेल समन्वय समिति हेमजाका अध्यक्ष दानबहादुर भुजलले हेमजा युनाइटेडले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेल्न सक्ने खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

महिला सञ्जाल हेमजाका अध्यक्ष अप्सरा तिम्सिनाले नयाँ वर्षले सबैमा सकरात्मक साेचकाे विकास हुन सकाेस भन्ने शुभकामना व्यक्त गरिन ।

हेमजा युनाइटेडका संस्थापक अध्यक्ष विजय के.सी.ले संस्था स्थापनाकाे स्मरण गर्दै संस्थाले सबैसँग सहकार्य गर्न सुझाव दिए । उनले गैरी खेल मैदानकाे सञ्चालन र संरक्षणकाे जिम्मा पाएकाे हेमजा युनाइटेडले खेल मैदानकाे भरपुर सदुपयाेग गरि खेलकुदकाे विकास र खेलाडी उत्पादनमा लाग्न जाेड दिए ।

माैरी संरक्षण सचेतना अभियानका अध्यक्ष रामचन्द्र सुवेदी खेलकुदलाई अगाडि बढाउन हेमजा युनाइटेडले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

हेमजा युनाइटेडका पूर्वअध्यक्ष इन्द्रप्रसाद त्रिपाठीले युवालाई खेलकुदमा लाग्न प्रेरित गर्नुका साथै विभिन्न सामाजिक कार्यहरु गर्ने हेमजा युनाइटेडले भविष्यमा विकासका कामहरुमा पनि सकृयता जनाउन सुझाए ।

हेमजा युनाइटेडले आज नै ३० जना खेलाडीहरुलाई अनुवन्ध गरेकाे छ ।

संस्थाका सदस्य मनाेज त्रिपाठीले सञ्चालन गरेकाे कार्यक्रममा संयाेजक माधव अधिकारीले स्वागत गरेका थिए ।

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्