त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु, उपत्यका बाहिर जाने लामो दुरीका गाडी अझै रोक

सिटी पोखरा डेक्स
  • ख-
  • ख+


काठमाडौं । अविरल वर्षाका कारण हिजोदेखि स्थगित भएका आन्तरिक हवाई उडान आज बिहानैदेखि पुनः सुरु भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसम सुधारसँगै केही गन्तव्यका उडान नियमित ढंगले सञ्चालनमा आएका हुन् ।

विमानस्थल कार्यालयका अनुसार काठमाडौंबाट नेपालगञ्ज र भद्रपुरका लागि बिहानै उडान भइसकेका छन् । पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि अनुकूल देखिएपछि आन्तरिक उडान सञ्चालन गरिएको उनले जानकारी दिए ।

अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै सामान्य अवस्थामा सञ्चालनमा रहेको विमानस्थलले जनाएको छ ।

काठमाडौं उपत्यकाको मौसम सामान्य भए पनि उपत्यकाबाहिरका सडक अझै पूर्ण रूपमा सञ्चालनमा आएका छैनन् । लामो दूरीका यातायात सेवा अवरुद्ध भएकाले यात्रुहरूलाई तत्काल टिकट बुकिङ नगर्न आग्रह गरिएको छ ।

सडक सञ्जालमा बाढी, पहिरो र पानीजम्ने समस्या अझै रहेकाले सुरक्षा अवस्थाको मूल्यांकनपछि मात्र यातायात सञ्चालन गर्ने तयारी भएको सम्बन्धित निकायहरूले जनाएका छन्

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्