गणेश रामदाम/पाेखरा ।
बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लबव आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करण यहि पौष १४ गते विहिवारदेखि २३ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुँदैछ ।
प्रतियाेगिताकाे तयारी अन्तिम चरणमा पुगेकाे आयाेजक संस्था सहारा क्लब पोखराले मंगलवार पत्रकार सम्मेलन गरि जानकारी गराएकाे छ ।
प्रतियोगितामा नेपाल ए. पि. एफ. क्लब, मनाङ मस्याङदी क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, Bhutanese Youth Spors Club, Minnesota, USA, धरान फुटबल क्लव, सहारा क्लब पोखरा सहितको १० टोली सहभागी रहने छन ।
गत वर्ष वए.पी.एफ. क्लब विजेता र उपविजेता मनाङ मर्स्याङ्दी क्लब भएको थियो ।
‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका आयाेजित २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि भएको छ । गत संस्करणको पुरस्कार राशीमा विजेताको पुरस्कारमा २ लाख र उपविजेताको पुरस्कारमा १ लाख थप गरेको आयोजक साहारा क्लब पोखराले जनाएको छ ।
यस वर्ष प्रथम हुने टिमले नगद रु.१२ लाख र द्वितीय हुने टिमले पुरस्कारमा नगद रु.६ लाख पाउने छन् । यस्तै उत्कृष्ट पाँचले नगद पुरस्कार रु. २५ हजार, सर्वाधिक गोलकर्ता नगद पुरस्कार रु.२५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याच नगद पुरस्कार रु. ८ हजार साथै फाइनल खेलमा नगद पुरस्कार रु. १० हजार, राम्रो खेल्ने टिम नगद पुरस्कार रु.१० हजार रहेको छ ।
विगतमा झैँ यस संस्करणमा सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्त तामाङ्गलाइ प्रदान गरिने भएको छ | यस अघि भरत खवास,किरण चेम्जोंग, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विस्टले उक्त पुरस्कार प्राप्त गर्न सफल भएका थिए | गत बर्षको पुरस्कार राशिमा रु. १५,००५/- नगद थप गरि यस वर्षबाट रु.५०,००५/- प्रदान गरिने छ ।
२१ औं संस्करणसम्म आहा ! रारा गोल्ड कप शिर्षकमा संचालित फुटबल प्रतियोगितामा यस संस्करण देखि पोखरालाई पनि जोडिएको छ । वि.सं. २०५८ मा सम्पन्न भएको क्याराभान गोल्ड कप लाइ गणना गर्दै २२ औं संस्करणबाट नामांकित यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी. स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ । हाल तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना प्रशिक्षार्थी छन भने उक्त एकेडेमीको श्रोत नै यस प्रतियोगिता रहेको क्लबले जनाएको छ ।
यस पटकको टिकट दर प्रि र क्वाटर फाइनलमा रु.१००, सेमी फाइनल रु.२००, फाइनल को रु.३०० कायम गरिएको छ । तदनुरूप VIP तर्फको प्याराफिटमा प्रि र क्वाटर रु.२००, सेमी फाइनल रु ४००, फाइनल रु.५०० कायम गरिएको छ । प्रतियोगिता अवधिभरको सिजनल टिकट रु.२ हजार राखिएको छ |
प्रतियोगिताको कुल आम्दानी १ करोड ५९ लाख ५० हजार रुपैयाँ र कुल खर्च १ करोड १३ लाख ५६ हजार रुपैयाँ हुने अनुमान आयाेजककाे छ ।
यस प्रतियोगितालाई पहिलो संस्करण देखि नै मुख्य प्रायोजकको रुपमा हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ । उत्कृष्ट पाँच विधाको पुरस्कार पूर्व सांसद उद्योगपति एवं समाजसेवी सुर्य बहादुर के.सी.को स्मृतिमा प्रदान गरिने छ ।
सह उप प्रायोजक मुल्बेरी इन्स्टिच्युट अफ हस्पिटालिटी र चरक मेमोरियल हस्पिटल प्रा.लि. नागढुंगा र गोर्खा बुअरीको टुबोर्ग बियर रहेको छ । एजुकेसन पार्टनर हिमाश कन्सल्टेन्सी , अफिसियल बैंक लुम्बिनी विकास बैंक, अनलाइन टिकेटिङ पार्टनर माइ पे , अफिसियल स्पोर्ट्स वयर एक्स टेप एयरसन ईन्टरन्यासनल प्रा.ली., ईन्टरनेट पार्टनर रहेका छन ।
पब्लिक 4k टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ भने अफिसियल एयर लाइन्स बुद्ध एयर, सर्वोत्कृष्ट रास्ट्रिय फुटबल खेलाडी पुरस्कार प्रायोजक सहारा क्लब का मानार्थ सदस्य खेम बहादुर गुरुङ (अफिसियल इन्सुरेन्स पार्टनर प्रभु इन्सुरेन्स प्रा.लि, अफिसियल मल्टिप्लेक्स पार्टनर सिनेप्लेक्स पोखरा रहेको छ ।
फेयर प्ले पुरस्कार प्रायोजक रुपाकोट ज्योति सुनचादी पसल महेन्द्रपल र वेस्ट प्लेयर पुरस्कार प्रयोजनमा Taily Electric scooter बाबा हार्डवयर र बाबा फाउन्डेसन नेपाल र साउण्ड सिस्टम पार्टनर SK SOUND ,पोखरा उद्योगबाणिज्य संघ, मुग्लान रेस्टुरेन्ट एंड बार, एल.जी टिभी., गोर्खाली अफसेट प्रेस, परिचय एड्भरटाइजिङ, जीएमसी मेडिकल कलेज नयाँबजारले सर्वाधिक गोलकर्ता पुरस्कार प्रयोजन गरेका छन ।
सहारा क्लब हंगकंग द्वारा प्रतियोगिता संचालनको लागि रु. ३ लाख सहयोग प्राप्त हुनेछ । त्यसै गरी Man Of The Match ट्रफी र नगद पुरस्कार Best Of Five ट्रफी साथै बिजेता र उप बिजेता टिमको मेडलहरु सहारा यु.के. द्वारा प्रायोजन गरिएको छ । प्रतियोगिता अवधिभरमा रु.एक लाख बराबरको चाउचाउ निःशुल्क मुख्य प्रायोजक द्वारा वितरण गरिने जनाइएको छ ।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र अखिल नेपाल फुटबल संघ, क्षेत्रीय खेलकुद विकास समिति, कास्की जिल्ला खेलकुद विकास समिति, कास्की जिल्ला फुटबल संघ, सहारा क्लब यु.के /हङ्गकङ्ग/ अष्ट्रेलिया/ समेतका संस्थाको विशेष सहयोग र पोखरा महानगरपालिकाको प्रवर्द्धक मा क्लबले यस प्रतियोगिताको आयोजना गर्न लागेको हाे ।










