आठौ आँधीखोला ओहिया कप टोल स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

स्याङ्जा ।
स्याङ्जाको आँधीखोला गाउँपालिकामा आठौ आँधीखोला ओहिया कप टोल स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । पालिकाको वडा नं. ५ को पुलको मुखस्थित खेल मैदानमा हुने प्रतियोगिता आगामी वैशाख १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रगतिशील युवा क्लवले आयोजना गरेको प्रतियोगितमा प्रथम पुरस्कार नगद रु.५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्धितिय पुरस्कार नगद रु. ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, तृत्तिय पुरस्कार रु. १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र र सान्तवना पुरस्कार रु. ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको क्लवका अध्यक्ष रामकृष्ण क्षेत्रीले जानकारी दिए ।

यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, बेस्ट स्पाइकर, बेस्ट लिफ्टर, बेस्ट सर्भिस, बेस्ट लिब्रो तथा अनुशासित खेलाडीलाई ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको अध्यक्ष क्षेत्रीले बताए ।

यसैगरी भेट्रान्स भलिबल (३५ वर्ष उमेर समूह माथि) तर्फ प्रथम पुरस्कार खसी, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।

क्लवले भलिवल प्रतियोगितासँगै विविध सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरेको छ । जसमा नृत्यतर्फ प्रथम पुरस्कार २ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र तथा द्धितिय पुरस्कार १ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र रहेको छ ।

यसैगरी कार्यक्रममा निशुल्क स्वास्थ्य शिविर तथा नयाँवर्षको शुभकामना आदानप्रदान पनि गरिने आयोजकले जनाएको छ ।

शिक्षा, स्वाथ्य, सामाजिक, सांस्कृतिक, खेलकुद, कृषिको विकास तथा पर्यटन प्रवद्र्धनको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको यस क्लवले आगामी दिनमा प्रगतिशिल एकेडेमीको स्थापनाका लागि गुरुयोजना तयार गरी अगाडी बढ्ने लक्ष्य राखेको छ ।

कृषि पर्यटनलाई वृद्धि गर्ने,स्वरोजगार सिर्जना गर्ने, सचेतनामुलक तथा सिपमूलक कार्यक्रमहरु सञ्चालन गर्ने, ग्रामिण पर्यटनलाई प्रवर्द्धन गर्न जाविखोलामा अवस्थित ठूली/सानी झरनालाई व्यवस्थित तथा प्रचार प्रसार गर्दै गुरुयोजना बनाई अगाडी बढ्ने क्लवका थप लक्ष्य रहेका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्