घान्द्रुकमा पर्यटन महोत्सव शुरु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका घान्द्रुकमा मंगलवारदेखि पर्यटन महाेत्सव शुरु  भएकाे छ ।  ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित पर्यटक भित्र्याउने उद्देश्यले आयाेजित पर्यटन महाेत्सव शुक्रवारसम्म चल्नेछ ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा अन्नपुर्ण १०/११ स्थित घान्द्रुकमा शुरु महाेत्सवकाे उद्घाटन गर्दै प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर के.सी.ले पर्यटककाे सहजताका लागि विरेठाँटीमा पर्यटन सुचना केन्द्र स्थापना गरिएकाे जानकारी दिए । जसले अन्नपूर्ण गाउँपालिकाभित्र भएका पर्यटकीय गन्तव्यहरुकाे बारेमा पर्यटकले सहि जानकारी लिएर  यात्रा गर्न सक्ने उनकाे विश्वास छ ।

उनले घान्द्रुकमा अझ पर्यटक भित्र्याउनकाे लागि घान्द्रुककाे माैलिकतामा ध्यान दिनुपर्नेमा जाेड दिए । अध्यक्ष के.सीले पर्यटक भित्र्याएर मात्र नहुने बताउँदै पर्यटककाे बसाई लम्याउन  कला संस्कृति जाेगाउँदै सभ्य समाज निर्माण गर्दै पर्यटकीय गन्तव्यलाई आकर्षक बनाउन जाेड दिनुपर्ने बताए ।

उनले आफ्नाे कार्यकालसम्म घान्द्रुक आउने बाटाे पूर्ण रुपमा पिच गराउने प्रतिवद्वता व्यक्त गरे । पर्यटन प्रवद्वन, शिक्षा, स्वास्थ्य, बाटाेघाटाे, खानेपानी लगायतका क्षेत्रकाे विकासका लागि गाउँपालिका सधै तयार रहेकाे अध्यक्ष के.सीकाे भनाई छ ।

कार्यक्रममा बाेल्दै अन्नपूर्ण १० का अध्यक्ष गाैतम गुुरुङ, अन्नपुर्ण ७ का अध्यक्ष भरत गुरुङ, तमु पेल्हुँ संघका अध्यक्ष प्रेम गुरुङ लगायतले महोत्सवले पर्यटकीय गतिविधिलाई उचाइमा पुर्याउन सघाउ पुग्ने विश्वास व्यक्त गरे । साथै ऐतिहासिक पर्यटकीय गाउँ घान्द्रुकलाई बाह्रै महिना पर्यटकीय सिजन बनाउँदै राेजगार सिर्जना गर्नुपर्ने उनीहरुकाे भनाई छ ।

कार्यक्रममा गाउँकाे शैक्षिक क्षेत्रमा याेगदान पुर्याएकाे भन्दै  मेश्रम बराह माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी गुरुङ र प्राधानाध्यापक यमप्रसाद भण्डारीलाई सम्मान गरिएकाे थियाे  । साथै महाेत्सवमा ५० हजार रुपैयाँ भन्दा बढी रकम सहयाेग गर्ने सहयाेगी दातालाई आयाेजकले सम्मान गरेकाे थियाे ।

महाेत्सवकाे उद्घाटन अघि विभिन्न समूहले पञ्चेवाजासहित  सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे स्वागत सचिव माया थापा र सञ्चालन महाेत्सव संयाेजक अमृत लामा गुरुङले गरेका थिए ।

बास्केटबल शुरु, दाङकाे विजयी सुरुवात

घान्द्रुक पर्यटन महाेत्सवकाे उद्घाटनमा खुल्ला बास्केटबल प्रतियाेगिता शुरु भएकाे छ । तर नेपाल आर्मी र काठमाण्डाैं टाइम्सबिचकाे खेल हावाहुरिका कारण विचमै राेकिएकाे छ । राेकिएकाे खेल र अन्य खेल भाेलि विहान ७ वजेदेखि शुरु हुनेछ । उद्घाटन अघि भएकाे खेलमा दाङले घान्द्रुकलाई हराउँदै विजयी गरेकाे छ । बास्केटबलमा  १२ टिमकाे सहभागिता रहेकाे छ ।

महाेत्सवमा क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता, चक्रीय पदमार्ग दौड प्रतियोगिता, ठेलो प्रतियोगिता र म्युजिकल प्रतियोगिता आयोजना गरिएको महाेत्सव संयाेजक अमृत लामा गुरुङले बताए ।

उनका अनुसार क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पुरुष भलिबलतर्फ विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, उदीयमान खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच)  पुरस्कृत गरिनेछ । यस्तै महिलातर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेण्डर, सेटर हुने खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच)  पुरस्कृत गरिने संयाेजक गुरुङले जानकारी दिए ।

उनका अनुसार पुरुष भलिबलतर्फ सहभागिताका लागि दर्ता शुल्क ५ हजार र महिलातर्फ ३ हजार रुपैयाँ निर्धारण गरिएको छ  ।

 संयोजक अमृत लामा गुरुङले खुल्ला बास्केटबल प्रतियोगिताको विजेतालाई १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने जानकारी दिए ।

यस्तै घोडा दौड प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २७ हजार ७ सय ७७ र तेस्रो हुनेले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

यस्तै चक्रीय पदमार्ग दौड प्रतियोगिताको विजेताले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

यस्तै ठेलो प्रतियोगिताका विजेताले ८ हजार र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । महोत्सवको अवधिमा ह्विलचियर बास्केटबलको समेत प्रर्दशन गरिने छ ।

सो महोत्सवको हरेक बेलुकी विभिन्न जातिका प्रचलित नृत्य तथा सांगीतिक कार्यक्रमहरु प्रस्तुत हुने संयोजक गुरुङले जानकारी दिए । उनका अनुसार सो महोत्सवमा आदिम कला केन्द्रले नृत्यहरु प्रस्तुत गर्नेछन् ।

महोत्सवको अन्तिम दिन लोक तथा दोहोरी गायक राजु परियारको बेजोट प्रस्तुती रहने उनले बताए ।

महोत्सव अवधिभर पर्यटकलाई ३० प्रतिशत छुट

घान्द्रुक पर्यटन व्यवस्थापन समितिले महोत्सव अवधिभर घान्द्रुक जाने पर्यटकलाई ३० प्रतिशत छुट दिने भएको छ ।

घान्द्रुक पर्यटन महोत्सवमा पर्यटकहरुलाई ३० प्रतिशत छुट दिने अध्यक्ष विक्रम गुरुङले बताए ।

उनका अनुसार प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई खाना र बस्नको लागि प्रतिव्यक्ति ६ सय रुयैयाँ निर्धारण गरिएको छ ।

घान्द्रुकमा अहिले ७० वटा व्यवस्थित होटल र १७ वटा होमस्टे सञ्चालनमा रहेका छन् । महोत्सवमा जाने पर्यटक तथा दर्शकलाई घान्द्रुकमा उत्पादन हुने खाद्यान्न र संस्कार, संस्कृतिसँगै प्रतियोगिताबाट मनोरञ्जन दिने आयोजकले जनाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्