घान्द्रुक पर्यटन महोत्सवः भलिबलको सेमिफाइनल र बास्केटबलतर्फ क्वाटरफाइनल समिकरण पूरा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ घान्द्रुकमा जारी ‘पर्यटन महोत्सव’ मा पु रुषतर्फ क्लबस्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

क्लबस्तरीय भलिबल प्रतियोगितामा विद्यान स्पोर्टस हाउस, तान्ले युवा क्लब, अन्नपूर्ण युवा क्लब र भुका देउराली सेमिफाइनल प्रवेश गर्न सफल भए ।

लिकचरणको खेलमा विद्यान स्पोर्टस हाउस समूह ए को विजेता र भुका देउराली उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरे । यस्तै समूह बी तर्फ अन्नपूर्ण युवा क्लब किम्चे र तान्ले युवा क्लब उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरे ।

भोलि हुने पहिलो सेमिफाइनलमा विद्यान स्पोर्टस हाउस र भुका देउरालीबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो सेमिफाइनल खेलमा अन्नपूर्ण युवा क्लब किम्चे र तान्ले युवा क्लबबीच प्रतिस्पर्धा हुने महोत्सव संयोजक अमृत लामा गुरुङले जानकारी दिए ।

क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

¬पुरुष भलिबलतर्फ विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, उदीयमान खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच)  पुरस्कृत गरिनेछ ।

बास्केटबलतर्फ क्वाटरफाइनलको समिकरण पूरा
महोत्सवको अवसरमा आयोजित खुला क्लबस्तरीय बास्केटबल प्रतियोगितामा क्वाटरफाइनलको समिकरण पूरा भएको छ ।

भोलि हुने पहिलो क्वाटरफाइनलमा दाङ र टाइम्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल आर्मी र घान्द्रुक ‘ए’बीच प्रतिस्पर्धा हुनेछ । यस्तै तेस्रो खेल मर्दीखोला र घान्द्रुक ‘बी’बीच प्रतिस्पर्धा हुनेछ । यस्तै क्वाटरफाइनलको अन्तिम खेल सेन्चुरी युवा क्लब र नदीपुरबीच प्रतिस्पर्धा हुनेछ ।

सो प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । बास्केटबलतर्फ कुल १२ टिमको सहभागिता रहेको छ ।

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्