आजदेखि फेवा नववर्ष महाेत्सव

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपाली नयाँ वर्षका अवसरमा पोखराको फेवा किनारमा आयोजना हुने १९ औं संस्करणको फेवा नव बर्ष महोत्सव आजदेखि शुरु हुदैछ । विविध सांस्कृतिक कार्यक्रम सहित हुने महाेत्सव आगामी बैशाख १ गतेसम्म तीन दिन संचालन हुनेछ ।

पश्चिमाञ्चल हाेटल संघ पाेखराकाे आयाेजनामा हुने फेवा नव वर्ष महोत्सव ड्यामसाइडचोकदेखी खहरेचोकसम्म (३.५ कि.मि.) क्षेत्रमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित संचालन  हुनेछ ।

“पर्यटन, संस्कृति र खाना’ भन्ने नाराका साथ नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबर्द्धन गर्ने मुख्य उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा ३ लाख पर्यटकले महाेत्सव अवलाेकन गर्ने अपेक्षा गरिएकाे महोत्सव संयोजक एवं होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

महोत्सवमा परम्परागत नेपाली खानाको प्रवर्द्धन, सांस्कृतिक झांकीका कार्यक्रम, लाेकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट, स्थानिय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य, सहित हास्यव्यङ्गय प्रस्तुती तथा पर्यटक दौड प्रतियोगिता लगायत आकर्षणहरु रहेका छन् ।

फेवा महाेत्सवमा नेपाली रैथाने खाना महोत्सव समेत हुनेछ । होटल संघ नेपाल केन्द्रको सहयोग र सेफ एसोसियसन अफ नेपालको सहकार्यमा पोखरा ६ गौरीघाट स्थित होटल ग्लेसियर एण्ड स्पामा गण्डकी प्रदेशस्तरीय खाना महोत्सव आयोजना गर्न लागिएको होटल संघ पोखरा नेपालका महासचिव एवं फेवा महोत्सवका प्रचार संयोजक राजेन्द्र ढकालले जानकारी दिए । महोत्सवमा गण्डकी प्रदेशमा रहेका विभिन्न रैथाने खानाहरुलाई समावेश गरिने उनले बताए ।

 पोखराको पर्यटनलाई चलायमान बनाउन महोत्सवले सहयोग पुर्याउने आयाेजकले विश्वास लिएकाे छ ।

पोखरा पर्यटकीय राजधानी घोषणा भएको खुसियाली र नयाँ वर्षलाई उल्लासपूर्ण बनाउन संघ अन्तर्गतका होटलहरुले पाहुनालाई  २० प्रतिशत सम्म छुटको व्यवस्था गरिएकाे प्रचार संयाेजक ढकालकाे भनाई छ । यसका साथै अन्य पर्यटकीय सेवा सुविधामा पनि सम्बन्धित व्यवसायीका तर्फबाट भारि छुट प्रदान गर्ने उनले जनाए ।

आयाेजकका अनुसार पोखरा र वरपरका एक हजार दुई सय होटलमा ४० हजार विस्तारा रहेको, होटल संघ अन्तर्गत मात्र चार सय ४७ होटल रहेको, लेकसाइड र ड्यामसाइड एरियामा सात सय होटल रहेको र पोखराको पर्यटन क्षेत्रमा १५ हजार जनाले रोजगारी पाएका छन् । अहिले पोखराको होटलहरुमा ५० देखि ६० प्रतिशत हाराहारीको अकुपेन्सी रहेको छ ।

गाे व्याक टु याेर कल्चर भन्ने भनाईलाई आत्मसात गर्दै प्रचाररात्मक रुपले संस्कृतिसँग जाेड्न महाेत्सवले थप टेवा पुग्ने आयाेजकाे विश्वास छ ।

गोर्खा बुअरीको मुख्य प्रायोजन रहेको महोत्सवलाई नेकन पोखरा महानगरपालिका र पर्यटन बोर्डले प्रबर्द्धन गरेको छ ।

 त्यसै गरी महोत्सवको सह प्रायोजनमा अन्नपूर्ण केबलकार, इसेवा होटल, फोन पे, पेफोनपे रहेका छन भने प्रायोजकमा टोकला चिया, मिट्‌को फुड नेपाल, पोखरा अल्ट्रालाइट प्रा.लि., रहेका छन्। गण्डकी प्रदेश सरकार, पोखरा पर्यटन परिषद र होटल संघ नेपालले महोत्सवलाई सघाउने छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्