फेवा महोत्सव जारी, पर्यटक दौडमा ३५ सहभागी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखराको फेवा किनारमाजारी १९ औं संस्करणको फेवा नव बर्ष महोत्सव अन्तर्गत दोश्रो दिन शुक्रबारआयोजित पर्यटक दौड प्रतियोगिताको उपाधी डेविड नर्धोफले जितेका छन् ।
यसैगरी प्रतियोगितामा फ्रान्सका म्याक्सल्यापलेस द्वितीय भए । रिच अष्टिनले तृतीय स्थान हासिल गरे ।
महिलातर्फको छुट्टैमुल्यांकनमा नेदरल्याण्डकी सिज्ने भिनस्तिया प्रथम, न्यूजिल्याण्डकी ह्यारियट म्याकेन्जीद्वितीय र बेल्जियमकी एलिन रिस्की तृतीय भए ।
लेकसाइड स्थित पिस प्लाजा होटल अगाडिबाट सुरुभएको दौड ड्यामसाइड पुगी समापन भएको थियो । तीन किलोमिटर लामो दौडमा कूल३५ पर्यटक सहभागी भएको प्रतियोगिताका संयोजक हेमराज पहारीले जानकारी दिए ।
स्पेन,अमेरिका, नेदरल्याण्ड, म्यान्मार, इजरायल, वेलायत, अष्ट्रेलिया, फ्रान्स लगायतका देशकापर्यटकले प्रतियोगितामा भाग लिएका थिए ।
प्रथम हुनेले पोखरा अल्ट्रालाइटका तर्फबाटअल्ट्रालाइट फ्लाइट, होटल ग्लेसियरमा खाना र बास, सिइङ ह्याण्ड्स ब्लाइन्ड मसाजक्लिनिकका तर्फबाट निःशुल्क मसाज, मायाको चिनो र प्रमाणपत्र पुरस्कार पाए ।
यसैगरी द्वितीय हुनेले अन्नपूर्ण प्याराग्लाइडिङका तर्फबाट आधि घण्टाको उडान, ब्यञ्जन बारएण्ड ग्रिलको तर्फबाट रातको खाना, मायाको चिनो र प्रमाणपत्र पुरस्कारस्वरुप प्राप्त गरे।
तृतीय पुरस्कारस्वरुप निशुल्क टिसर्ट र निशुल्क मसाज सेवा प्रदान गरियो ।
रन फर फन नाम दिइएको प्रतियोगिताकाविजेतालाई पोखरा महानगरपालिका वडा १७ कि अध्यक्ष राधिका कुमारी शाही, महोत्सवआयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदी लगायतलेपुरस्कार वितरण गरेका थिए ।
गोर्खा ब्रुअरी मुख्य प्रायोजक रहेको फेवा महोत्सवलाईनेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन गरेका हुन् । आयोजक संघकामहासचिव एवं प्रचार संयोजक राजेन्द्र ढकालले कार्यक्रम संचालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्