९ लाख घरधुरीमा पुग्यो वर्ल्डलिंकको इन्टरनेट,गण्डकी प्रदेशमा १ लाख ३ हजारभन्दा बढि 

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख भन्दा बढि पुगेका छन्।

२०८० भदौ महिनामा आठ लाख र त्यसको एक वर्ष नपुग्दै वर्ल्डलिङ्कले ९ लाख घरपरिवारमा पुगेको सार्वजनिक गरेको छ ।

कम्पनीका सीईओ केशव नेपालका अनुसार गुणस्तरमा बृद्धि गर्दै सेवालाई चुस्त बनाउदै लगिएको छ । उनले भने-‘यो बिश्वासलाई हामी अझ बलियो बनाउन चाहान्छौ।’

यसै गरी गण्डकी प्रदेशमा मात्र पनि १ लाख तीन हजार ग्राहक रहेको वर्ल्डलिंक कम्युनिकेसन्सका गण्डकी  प्रदेश जनसम्पर्क प्रबन्धक युसुफ श्रेष्ठले बताए ।

उनका अनुसार गण्डकी  प्रदेशमा पनि वर्ल्डलिंक कम्युनिकेसन्ससंग जोडिनेको संख्या बढिरहेको छ । लामो समयको अनुभवले ग्राहकको सन्तुष्टिलाई कसरी प्रभावकारी रुपमा सम्बोधन गर्ने भन्नेमा सधै चिन्तित रहेकाे उनकाे भनाई छ । उनले भने- ‘गुनासाहरुलाई पनि चाँडो सम्बोधन गर्ने कोसिस गरिरहेका छौं ।’

आजभन्दा २९ वर्षअघि कम्पनीका संस्थापक दिलीप अग्रवालले अमेरिकाबाट ल्याएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट वर्ल्डलिंकको यात्रा सुरु भएको थियो । नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त गरी सेवा विस्तारमा लागेको कम्पनीले वि.सं. २०७४ सालको जेठमा एक लाख ग्राहकलाई  इन्टरनेट कनेक्सन उपलब्ध गराउन सफल भएको थियो ।

त्यसको एक वर्षपछि अर्थात् २०७५ साल जेठसम्म आइपुग्दा कम्पनीका ग्राहक दुई लाख नाघेका थिए भने सोही वर्षको माघ महिनामा अर्को आँकडा पार गर्दै कम्पनीले तीन लाख ग्राहकलाई आफ्नो नेटवर्कमा जोड्न सफल भएको थियो ।

यसरी निरन्तर रूपमा सेवा विस्तारसँगै ग्राहकलाई सेवा उपलब्ध गराउने क्रममा कम्पनीले वि.सं २०८० भदौ महिनामा आठ लाख र त्यसको एक वर्ष नपुग्दै वर्ल्डलिङ्कले अर्को नयाँ उचाई छोएको हो ।  यसरी कम्पनीले पछिल्लो नौ महिनाको अवधिमा थप एक लाख ग्राहक बढाएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्