पाेखरा ।
लायन्स क्लव अफ पोखराकाे वर्ष २०२४/२५ को लागि अध्यक्षमा कृष्ण जि सर्वसम्मत चयन भएका छन् ।
लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गत रहेको यस क्लवकाे प्रथम उपाध्यक्षमा देवेन नकर्मी, दिद्विय उपाध्यक्षमा राहुल पाण्डे , सचिवमा मित्रबन्धु सुवेदी, कोषाघ्यक्षमा रमेश थापा सर्वसम्मत चयन भए ।
यसैगरी क्लवकाे अन्य पदमा चयन भएका नयाँ टिमलाई वर्ष २०२४/२५ का जोन चियरपर्सन दिपेन्द्र कोईरालाले सफल कार्यकालकाे कामना गरे । आफ्नाे हाेम क्लव भएकाे हुनाले क्लवकाे सफलताप्रति उनले चासाे व्यक्त गरे ।