सहकारीको रकम अपचलनको छानबिन गर्न बन्यो संसदीय विशेष समिति

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय विशेष समिति बनेको छ । प्रमुख दलहरूबीच भएको सहमतिअनुसार संसद्को मंगलबार बसेको बैठकले सहकारी संस्था बचत रकम संसदीय छानबिन समिति गठन गरेको हो ।

समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्यबहादुर थापा र सरिता भुषाल सदस्य छन् । यस्तै माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

स्रोतका अनुसार समितिको सभापति एमाले सांसद थापा हुने छन् । समितिलाई चारबुँदे कार्यादेश दिइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्