सुटिङ संघ गण्डकीको पदस्थापना

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।
सुटिङ संघ गण्डकीले पदस्थापना तथा शुभकामना आदान प्रदान गरेको छ । गण्डकी प्रदेश सुटिङ संघको गठन संगै कार्यसमितिमा निर्वाचित भएकाहरुको शनिवारद पदस्थापना गराएको हो ।

मोतिराम गुरुङको अध्यक्षतामा संघको निर्वाचन १४ जेठमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् ।

संघको उपाध्यक्षमा दलराज पुन र लोक श्रेष्ठ, महासचिवमा पुरन कुँवर, सचिवमा विज्ञान्त श्रेष्ठ, कोषाध्यक्षमा बुद्ध गुरुङ सर्वसम्मत निर्वाचित भएका हुन् ।

यस्तै संघको सदस्यहरुमा विजय कार्की, ऋषिकेश शर्मा पौडेल, खम्बा गुरुङ, प्रश्नसिंह ठकुरी, डविन गुरुङ, माया बस्नेत, आरसि राज भण्डारी, चीनबहादुर थापा, सुर्यबहादुर थापा र विवश क्षेत्री (काजी) रहेका छन् । संघले एक सदस्य मनोनित गरेको थियो ।

गण्डकी प्रदेश सुटिङ संघको प्रथम अधिवेशन पदस्थापना तथा शुभकामना कार्यक्रमको सम्बोधन गर्दै गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले खेलाडी उत्पादनमा जोड दिदैँ अर्जुन दृष्टिका साथ सुटिङ खेलको विकास गर्न आग्रह गरे । उनले गाउँ गाउँमा खेलको विकास र विस्तार गर्न सबै एक भई अघि बढ्नुपर्नेमा जोड दिए ।

मिहेतनका साथ अब प्रशिक्षण अघि बढाई अन्तर्राष्ट्रिय जगतमै सफलता हासिल गरि गौरव गर्ने नतिजा ल्याउन उनले शुभकामना दिए ।

सुटिङ संघका सल्लाहकार राजेशकुमार गुरूङले रंगशालामा भौतिक संरचनामा बिषेश ध्यान दिन आग्रह गर्दै शुटिङ ट्रेनिङ सेन्टर स्थापना गर्न माग गरे । सुटिङ नेपालको ओलम्पिकमा सम्भावना भएको खेल भएकाले यो खेलको विकासका लागि सबैले हातेमालो गर्नुपर्ने बताए ।

ओेलम्पियन तथा सुटिङ संघकी केन्द्रिय उपाध्यक्ष्ँ भगवती केसी खत्रीले शुटिङ खेलको प्रबर्द्धन गर्न आवश्यक भएको बताइन । उनले सुटिङ खेलको विकास हुन सके नेपाललाई यसले विश्वजगतमा उत्कृष्ट नतिजा दिनेमा आफु आशावादी रहेको सुनाइन् ।

२४ वर्षअघि आफु ओलम्पिक खेलेको सुनाउँदै उनले अहिले गण्डकी प्रदेश र बागलुङ जिल्लाले सम्मान गर्दै ओलम्पिक खेलाडीका लागि मासिक पाँच/पाँच हजार रुपैयाँ भत्ता प्रदान गरेको सुनाइन् ।

क्रिकेटका उदीयमान खेलाडी अर्जुन कुमालले आफ्नो खेल यात्रा सुनाउँदै १३ बर्षको उमेरदेखी क्रिकेट सुरु गरेको बताए । क्रिकेटमा आफुले सफलता चुम्नुको पछि धेरै व्यक्तिको हात रहेपनि मुख्य कुरा मिहेनत नै रहेको उनले बताए । उनले संघर्ष गरे सफलता अवश्य चुम्ने बताए ।

नेपाल प्रहरीका डिआईजी दुर्गा सिंहले कर्मनिष्ट भई खेल्न आग्रह गरिन् । मानिसहरु अधिकार खोज्ने तर कर्तव्य पलना नगर्दा खेलाडी उत्पादन र रिजल्ट आउन नसक्ने बताउँदै खेलकुदको माध्यमबाट देशलाई योगदान दिन सुझाव दिइन ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहदुर क्षेत्रीले ओलम्पिकमा पुग्नु खेलाडीका लागि ठूलो सपना रहेको बताए । उनले गण्डकी प्रदेश संघमाथि अब ठूलो जिम्मेवारी आइपरेकोबताए ।

३० वर्षअघि नै गण्डकीले ओलम्पियन जन्माइसक्दा अब पछि हट्ने छुट गण्डकीलाई नभएकाले डटेर काम गर्न अनुरोध गरे । गण्डकी प्रदेशमा पर्यटनसँगै खेल पर्यटनको धेरै सम्भावना रहेको उनको भनाई छ ।

संघका नवनिर्वाचित अध्यक्ष मोतीराम गुरूङले पोखरा रंगशालामा सुटिङका लागि जग्गा रहेको र त्यसको संरक्षण पहिलो काम रहेको बताए ।

उनले अब गण्डकीमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुटिङ रेन्ज निर्माणका लागि आफुहरु लाग्ने र खेलको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्