बिवाहको २५ बर्ष गाँठमा वृद्धाश्रममा सहयोग

  • ख-
  • ख+

पोखरा । बैवाहिक जिवनको पच्चिस वसन्त पार गरेको उपलक्ष्यमा यहाँको एक जोडिले पोखरा महानगरपालिका वडा नं. १७ सितापाईलास्थित वृद्धाश्रममा खाद्यान्न एवम् नगद सहयोग गरेका छन् ।
हिमालयन आँखा अस्पतालका प्राविधिक अधिकृत छवबहादुर बस्नेत र मनिपाल शिक्षण अस्पतालमा कार्यरत उहाँकी श्रीमती देवी बस्नेतले पोखरा बृद्धाश्रमलाई खाद्यान्न ताथ नगद सहयोग गर्नुभएको हो ।
बैबाहिक बर्ष गाँठका नाममा अनावश्यक खर्च गरि भड्किलो बनाउने प्रचलन बढि रहेको वर्तमान अवस्थामा बस्नेत दम्पत्तिले दश हजार मुल्य बरावरका खाद्यान्न तथा नगद आज बृद्धाश्रमका पुगेर अध्यक्ष कुशुमकेशव पराजुलीलाई हस्तान्तरण गर्नुभएको हो ।
सहयोग सामाग्री बुझ्दै अध्यक्ष पराजुलीले मानविय सहयोगका भरमा आश्रम सञ्चालन हुँदै आएको बताउँदै बस्नेत दम्पत्तिलाई सहयोगको लागि आभार व्यक्त गर्नुभयो ।
आगामी दिनमा पनि यस्तै किसिमको साथ र सहयोगको अपेक्षा गर्दै उहाँले समाजका असहाय एवम् विपन्न वर्गका बृद्धबृद्धा र सेवकसेवीका गरि आश्रममा हाल ५५ जना आवद्ध रहेको जानकारी दिनुभयो ।
प्रत्येक बर्ष दुवै जनाको एक महिनाको आम्दानी सामाजिक सेवामा समर्पित गर्दै आएको र आप्mना सन्ततिलाई पनि सेवा भावनामा लाग्न प्रेरित गर्ने विश्वास बस्नेत जोडिको रहेको छ ।
२०५२ सालमा स्थापना गरि जनस्तरबाट सञ्चालन हुँदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्