फेसवुक मार्फत दश लाख ठगी गर्ने पाण्डे पक्राउ

  • ख-
  • ख+

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोलिले आफूलाई ठूलो समस्या परेको, विदेशमा(ब्राजिल) रहेको परिवार गम्भिर विरामी रहेको भनि एक महिलालाई सामाजिक सञ्जाल फेसबुक मार्फत पैसा मागि ठगि गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाजुरा जिल्लाको हिमाली गाउँपालिका-०४ बस्ने २७ वर्षीय रुपचन्द्र पाण्डे रहेका छन् । पक्राउ परेका उनले आफूलाई ठूलो समस्या परेको भनी विभिन्न बाहना बनाई निज महिलालाई विश्वास दिलाई तत्काल फिर्ता गर्छु भन्दै पटक-पटक गरि रु. १०,२८,७००।– (दश लाख अठ्ठाईस हजार सात सय)  ठगी गरि फरार रहेका थिए ।

घटनाका विषयमा जानकारी प्राप्त हुनासाथ अनुसन्धान गर्दै जाँदा निज व्यक्तीलाई मंसिर-०५ गते जिल्ला बाँके नेपालगञ्जबाट पक्राउ गरीएको हो । पक्राउ परेका निज उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ(एक्सटर्सन) सम्बन्धी कसूरमा मुद्धा दर्ता गरी घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्