‘प्रकृति र संस्कृति देखाएर पर्यटक लोभ्याउन सकिन्छ’-मुख्यमन्त्री सुरेन्द्रराज पाण्ड

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

सागर ढकाल/पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रकृति र संस्कृति देखाएर पर्यटक लोभ्याउन सकिने बताएका छन् । पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ हरेक वर्ष असार १५ गते हुँदै आएको असारे रोपाइँ महोत्सवको १९ औँ संस्करणको औपचारिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा महानगरपालिका–२३ फेवाफाँटको मार्गीमा भएको रोपाइँ महोत्सवमा मुख्यमन्त्री पाण्डेले पोखराको प्रकृति देखेर पर्यटक लोभिने गरे पनि संस्कृति उजागर गर्न भने नसकिएको प्रस्ट्याए ।

‘नेपालमा अर्मपर्म गरेर धान रोप्छन् । नेपालको कृषि संस्कृति अन्यत्रभन्दा एकदमै भिन्न छ भनेर देखाउन सक्नुपर्छ,’ उनले भने, ’यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धन गर्न टेवा पुग्छ ।’

फेवाफाँटमा स्थानीय फविन्द्र गुरूङ लगायत चार जना किसानको खेतमा शनिबार रोपाइँ महोत्सव गरिएको हो । पर्यटनमा ’अफ सिजन’ हुँदैन भनेर १९ वर्षअघिबाट यस्तो महोत्सव गर्न थालेको पोखरा पर्यटन परिषदका तत्कालीन अध्यक्ष डम्बर केसीले थिए ।

पर्यटकलाई शितल सहर पोखरामा वर्षायाममा धान रोप्ने संस्कृति र वर्षा हेर्न पनि बोलाउन सकिने भन्दै उनले जाडो याममा हिउँ हेर्न बोलाउन सकिने बताए । यसका लागि पर्यटक आकर्षण गर्न सक्ने ’प्रडक्ट’ बनाउन सक्नुपर्ने उनको भनाइ छ ।

रोपाइँ महोत्सवले पर्यटकलाई मात्र नभएर नेपालको कृषि परम्परालाई पनि प्रोत्साहन गर्ने उनले बताए । रोपाइँ संस्कृति देखेर पर्यटक खुसी भएको भन्दै उनले अब वर्खामा यही संस्कृतिबाट पर्यटक आकर्षित गर्न सकिने उनी बताउँछन् ।

रोपाईँ महोत्सवकै लागि भनेर विदेशीहरु पोखरासम्म आएको जानकारी पाउँदा आफूहरुलाई खसि लागको पोखरा पर्यटन परिषदका सचिव हरि भुजेलले बताए ।

उनले एग्रा्रे टुरिज्मको विकास गर्न र नेपालीको मुख्य खाद्यान्न बालिका रूपमा रहेको धानखेतीप्रतिको आकर्षण घट्दै गएको अवस्थामा नयाँ पुस्तालाई धानखेती प्रणाली देखाउँदै उनीहरूलाई यसतर्फ आकर्षित गराउन साथै विदेशी पर्यटकलाई पनि खाद्य वालीहरु कसरी उत्पादन हुन्छ भन्ने जानकारी दिनको लागि पनि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

महोत्सवमा पर्यटकको आकर्षणका लागि हिलोमा भलिबल प्रतियोगिता, दौड प्रतियोगिता, माछा समात्ने, माछा समात्ने, साउने प्रतियोगिता, रसि तान्ने र विभिन्न सांगीतिक कार्यक्रम सञ्चालन गरिएको थियो । महोत्सवमा मनोरञ्जन लिन स्वदेशी र विदेशी गरी १० हजार बढि पर्यटकको सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्