शनिवार गण्डकी प्रदेश भर भएका घटनाहरुको विवरण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

स्याङजा : पहिरो गई मानिस मृत्यु 

मिति २०८१।०३।२२ गते ०८:२० बजेको समयमा  जिल्ला स्याङजा बिरुवा गाउँपालिका-६ स्याङदी माझकोट बस्ने बर्ष ६५ कि गुईश्वरी शर्मा मरासिनीको १ तले २ कोठाको पक्की घर र सोहि स्थान बस्ने माधब शर्माको १ तले २ कोठाको पक्की घर देखी अन्दाजी १५० मिटर माथिबाट पहिरो आई सोहि स्थान बस्ने ६५ की गुईश्वरी शर्मा मरासिनी, बर्ष ७१ को माधब शर्मा र निजको श्रीमती बर्ष ६७ की हरिमाया शर्मालाई घर समेत  पहिरोले पुरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली घटना स्थलमा पुगी खोजी कार्य गर्दा , वर्ष ६५ की गुईश्वरी शर्मा मरासिनी, वर्ष ६७ की हरिमाया शर्मा र वर्ष ७१ को माधब शर्मा मृत अवस्थामा फेला परेको ।

तनहुँ

मिति २०८१।०३।२२ गते अन्दाजी १५:१५ बजेको समयमा  जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका-७ काउरे स्थितमा अबिरल बर्षाको कारण सोहि स्थान बस्ने हिरा नेपाली र सुनमाया कुमालको घर माथीबाट पहिरो आउदै गर्दा घर भित्र रहेको समान स्थानियहरु मिली निकालन जाने क्रममा पहिरोले पुरी जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका-७ काउरे बस्ने बर्ष ४० की हिरा नेपाली, बर्ष ३७ की अनिशा बास्तोला र सोहि स्थान बस्ने बर्ष ६५ श्याम भण्डारी पुरी बेपत्ता भएको र साथै सोहि स्थान बस्ने  बर्ष ४० को बिष्णु बहादुर नेपाली, बर्ष २६ को बिशाल तिम्लसिना, बर्ष ३५ को रबि घिमिरे, बर्ष १८ को रुप कुमार नेपाली र वर्ष १५ को बिमल नेपाली घाइते भएकोमा नेपाल प्रहरी बिशेष सुरक्षा गण बेलचौतरा तनहुँबाट ४३ जनाको प्रहरी टोली, ३ नं. बाहिनि खैरेनीटार तनहुँबाट सहसेनानी कमाण्डना १० जनाको नेपाली सेनाको टोली र स्थानियको सहयोगमा बेपत्ता भएकाहरुको खोजी कार्य  भईरहेको र घाईतेहरुलाई उद्दार गरी उपचारको लागि जि.पि अस्पताल खैरेनीटार पठाईएको छ ।

 पर्वत : पहिरो आई घर गोठ बगाई पशु चौपाय मृत्यु

मिति २०८१।०३।२२ गते अं.१६:४० बजेको समयमा अबिरल बर्षाको कारण जिल्ला पर्वत महाशिला गाउँपालिका ठाडापाखा स्थितमा घर गोठ माथिबाट पहिरो आई घर गोठ बगाउँदा सोहि स्थान बस्ने रुक्मागत अधिकारीको २ तले कच्ची धन्सार (गोठ) बगाँउदा उक्त धन्सारमा रहेका १३ वटा बाख्रा, १ वटा भैँसी, १ वटा पाडो बगाई मृत्यु भएको साथै सोहि स्थान बस्ने  केशव प्रसाद अधिकारी क्षेत्रीको २ तले कच्ची घर र गोठ बगाई पुर्ण रुपमा क्षति भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई गई स्थानियको  सहयोग उद्धार कार्य भईरहेको ।

पर्वत: पहिरो आई घर पुरिएको

मिति २०८१।०३।२२ गते अन्दाजी १५:१० बजेको समयमा  जिल्ला पर्वत फलेवास नगरपालिका-१ कार्किनेटा स्थित कुल प्रसाद पाध्याको २ तले कच्ची घर माथीबाट पहिरो आई घर पुरिदा घर भित्र रहेका  पर्वत फलेवास नगरपालिका-१ कार्कीनेटा बस्ने बर्ष ४० को झलक प्रसाद शर्मा  र स्याङजा आधीँखोला गाउँपालिका-३ पाखरीगोर ढुङगा बस्ने बर्ष अन्दाजी ३०।३२ को तुलसी प्रसाद शर्मा बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी टोली खटिई गई खोजतलास गर्ने क्रममा  घटनास्थल देखी ३०० मिटर तल तुलसी प्रसाद शर्माको शव फेला परेको र अर्का बेपत्ता भएका झलक प्रसाद शर्माको जिल्ला स्याङ्जा आधिँखोला गाउँपालिका-४ सेपत स्थितमा शव फेला परेको, उद्धार कार्य भईरहेको ।

चितुवाको आक्रमणबाट प्रहरी घाईते

मिति २०८१।०३।२२ गते अन्दाजी १७:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका१७ छोरेपाटन स्थित श्याम बास्तोलाको बारीमा चितुवा आएको भन्ने खबर प्राप्त हुनासाथ ‍तत्काल प्रहरी टोली खटिई गई चितुवा धपाउने क्रममा  जिल्ला स्याङ्जा आँधीखोला गाउँपालिका घर भइ हाल प्रहरी चौकी छोरेपाटनमा कार्यरत (वर्ष ३२ को प्रहरी जवान नारायण प्रसाद तिवारीलाई चितुवाको नङ्ग्राले कम्मरमा चिथारी घाईते भएको, अवस्था सामान्य रहेको उपचार हुदै  ।

ढुङगा खसी मानिस मृत्यु

मिति २०८१।०३।२२ गते १६:०० बजे जिल्ला तनहुँ ऋषिङ गाउँपालिका-१ झापुटार स्थित निर्माणाधिन तनहुँ हाईड्रोपावर को सुरुङ मार्ग भन्दा बाहिर काम गरी रहेको अवस्थामा अबिरल वर्षाका कारण माथिबाट ढुङगा खस्न जाँदा जिल्ला तनहुँ ऋषिङ गाउँपालिका-१ मालिङगा बस्ने बर्ष ५० को कृष्ण बहादुर पुलामी र जिल्ला  लमजुङ सुन्दरबजार नगरपालिका-२ बस्ने बर्ष ५१ को समलाल श्रेष्ठ घाईते भई जिल्ला अस्पताल दमौली उपचारको लागि  पठाईएकोमा कृष्ण बहादुर पुलामीको उपचारको क्रममा मृत्यु भएको ।

 

   रबिन्द्र रेग्मी

प्रहरी वरिष्ठ         उपरीक्षक

   (९८५६०९४४४४)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्