पोखरा । गण्डकी प्रदेशमा प्रेस रजिष्ट्रार नियुक्त विमला भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । उनले सोमबार नै पदभार ग्रहण गरेकी छन् ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष भण्डारीलाई गण्डकी प्रदेशको पहिलो प्रेस रजिस्ट्रार नियुक्त गरेको हो । उनले महासंघ कास्कीमा भने कार्यवाहक दिइसकेकी छन् ।
प्रेस रजिष्टार नियुक्तिका लागि सरकारले गत १६ साउनमा १५ दिनको म्याद दिएर सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेकोमा ५ जनाले दरखास्त दिएका थिए ।
गण्डकी प्रदेश आमसञ्चार ऐन, २०८० बमोजिम आगामी ४ वर्षका लागि प्रेस रजिष्ट्रार नियुक्ति गर्ने व्यवस्था छ ।
तस्वीर: सुदर्शन रञ्जित (फाेटाे पत्रकार)