सरकारलाई कांग्रेस सहयोग गर्न चाहन्छ, किन कुनै सल्लाह नै गरिदैन ?

  • ख-
  • ख+

काठमाडौं, २० चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले सरकारले कोरोनाविरुद्धको अभियानलाई प्रभावकारी ढंगले अगाडि बनाउन नसकेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.रिजालले सरकारबाट हरेका कुरामा भएको ढिलाइले भोलिका दिनमा संकटको समान गर्न कठिन हुने बताए ।

उनले यस्तो संकटको घडीमा प्रधानमन्त्री वा कुनै एक मन्त्रीले मात्रै गर्दैछु भनेर नपुग्ने बताए । उनले सरकारलाई सबै निकायलाई निकायहरूलाई परिचालन गर्नुपर्ने बताए । डा.रिजालले प्रधानमन्त्री खड्गप्रसाद ओलीको व्यवहार कोरोना भाइरसको संक्रमण रोकथामका लागि कांग्रेसको सहयोग आवश्यक पर्दैन भन्ने जसरी अगाडि बढेको बताए ।

डा.रिजालले सरकार प्रभावकारी ढंगले अगाडि बढ्न आवस्यक भएको भन्दै कांग्रेसले कस्तो सहयोग गर्नुपर्ने हो त्यसका लागि कांग्रेस तयार भएर बसेको बताए । कांग्रेससँग सरकारले अहिलेसम्म कुनै पनि विषयमा सल्लाह नलिएको उनले बताएका छन् ।

कांग्रेस नेता डा.रिजालले सरकारले आवस्यक ठाने कांग्रेसले गाउँ र टोलबाट पार्टीका कार्यकर्ताहरू परिचालन गरेर पनि सहयोग गर्न तयार रहेको बताए ।

सरकारले केन्द्रमा बैठक गरेर जनतालाई निर्णय मात्र सुनाएर नहुने उनले बताए । ‘स्थानीय तह पनि सरकारकै अंङ्ग भएकाले कोरोना भाइरस नियन्त्रण र राहत वितरणका लागि ६ हजार ७ सय ४३ वटै वडाहरूलाई एकसाथ परिचालन गर्नुपर्छ’, डा.रिजालले भनेका छन् ।

‘अहिले सरकारको काम प्रभावकारी भएन । सरकार अझै प्रभावकारी भएर अगाडि बढ्नुपर्छ’, उनले भने, ‘सरकारलाई के सहयोग चाहिन्छ भनोस् हामी तयार छौँ ।’

‘सरकारले काम गर्न सकेकन । डाक्टरहरूले जोखिपूर्ण अवस्था आउने बताइरहेका छन्’, डा.रिजालले भने, ‘सरकारले अहिलेसम्म डाक्टरहरूको लागि राम्रा सामग्री दिन सकेको छैन । औषधि छैन । अझै लकडाउन बढाउनुपर्ने अवस्था छ ।’

डा.रिजालले भारतको धार्चुलामा रहेका नेपाली नागरिकलाई छिटो स्वदेश आउन दिनुपर्ने माग गरे । ‘धार्चुलाको समस्या चाँडो समाधान गर्नुपर्छ’, उनले भने, ‘महामारी फैलिएको अवस्थामा सरकार मात्र नभएर हामी सबैको अवस्था बिग्रिनेछ ।’

‘सरकारले बोल्नेभन्दा पनि व्यवहारमा काम गर्नुपर्छ’, डा.रिजालले भने, ‘महामारी फैलियो भने सरकार मात्र बिग्रिने हैन । सबै बिग्रिन्छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्