पदकधारी खेलाडीद्धारा सहारा एकेडेमीको अवलोकन

  • ख-
  • ख+

पोखरा । दक्षिण एसियाली खेलकुद(साग)मा पदक प्राप्त खेलाडीहरुको एक टोलीले सहारा एकेडेमीको अवलोकन गरेको छ ।

पदकधारी खेलाडी दीपक विष्ट, दीपक श्रेष्ठ र मण्डेकाजी मर्हजन सहितको एक टोलीले आज(आइतबार) सहारा एकेडेमीमै पुगेर एकेडेमीको अबस्था बारे जानकारी लिएको सहारा क्लबले जनाएको छ ।

सहारा क्लवका अध्यक्ष केशव बहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली, विरभद्र आचार्य लगायतको टोलीले एकेडेमीमा उक्त टोलीलाई खादा लगायर स्वागत
गरेको थियो ।

कार्यक्रममा बोल्दै पदकधारी खेलाडी विष्टले धेरै पटक
एकेडेमीमा आउने प्रयास गर्दा बल्ल अवसर मिलेको बताउदै उत्त क्लवले आफुहरुले अपेक्षा भन्दा धेरै राम्रो ढंगले व्याबस्थापन गर्दै आएको बताए ।

पदकधारी अर्का खेलाडी श्रेष्ठले उत्त एकेडेमीमा सरकारको समेत सहयोग आवश्यक भएकोले
यसमा सवैले पहल गर्नु पर्ने बताए ।

साथै उत्त टोलीमा डि.पि.एल.एकेडेमीका संस्थापक सदस्य हर्क वोहरा, केल्मे नेपालका निर्देशक प्रदिप न्यौपाने, खेल पत्रकार पवन आचार्य, प्रकाश तिमिल्सिना
लगायतको समेत उपस्थिती रहेको थियो । सहारा एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु रहेका छन्।

यसैबिच, यस बर्ष १९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता पोखरामा आउँदो चैत १७ गते २८ गतेसम्म हुने तयारी सुरु भएको छ ।

उक्त प्रतियोगिताको बचत रकमले सहारा क्लवले एकेडेमीमा खर्चिदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्