पदयात्राका सहयाेगिलाई जुत्ता र न्यानो कपडा वितरण

सागर ढकाल
  • ख-
  • ख+

पोखरा । पदयात्रा क्षेत्रमा लामो समय काम गरिरहेका र आर्थिक अवस्था कमजोर भएका पदयात्राका सहयाेगि (पोर्टर गाइड)हरुको लागि ट्रेकिङ जुत्ता र न्यानो कपडा वितरण गरिएको छ ।

टान गण्डकीको आयोजना र टान गण्डकी सदस्य कम्पनी एल.एन.टेक्स एण्ड एक्पिडिशन प्रा.लि को सहकार्य तथा नेभर इण्डिङ जर्नि (Never Ending Journey) संस्थाको सहयोग र “On Shoes ” को प्रायोजनमा नेदरल्याण्ड नागरिक Oscar Delgado मार्फत पदयात्राका सहयाेगिलाई १७ थान टेकिङ्ग जुत्ता/मोजाहरु, ज्याकेट, टिसर्ट र आवश्यक औषधीहरु वितरण गरिएकाे हाे ।

चिसोको मौसममा पनि चप्पल वा अनुपयुक्त जुत्ता लगाएर न्यानो कपडाविना आफ्नो मजदुरी गरिरहेका पोर्टर गाईडहरुलाई लक्षित गरी अत्यावश्यक सामानहरु वितरण गरिएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । ‘मजदुर भनेका अभिन्न अंग हुन् । उहाँहरु विना हामीले व्यवसाय गर्न सक्दैनौ । उहाँहरुको सुरक्षा गर्नु हाम्रो पनि दायित्व हो । तसर्थ उहाँहरुको सुरक्षाको लागि हामीले विपन्न वर्ग तथा आर्थिक अवस्था कमजाेर भएका पोर्टर गाईडहरुलाई सहयोग गरेका हौं ।’ अध्यक्ष आचार्यले भने-‘जो रियल मजदुर हुनुहुन्छ, उहाँहरुको लागि र विशेषत:अन्नपूर्ण सर्टिक र तिलिचोमा जाने भाईहरुको लागि हामीले ट्रेकिङ जुत्ता र न्यानो कपडा उपलव्ध गराएका हौं ।’

एल.एन.टेक्स एण्ड एक्पिडिशन प्रा.लि का पथप्रदर्शक प्रेमकुमार अधिकारीले ट्रेक जादा न्यानाे कपडा नलगायको चप्पल लगाएर हिडेको पाेर्टर गाइडकाे अवस्था देखेर नै सहयाेग जुटाएकाे बताए । उनले सुरक्षाकाे दृष्टिले बाहिर देशबाट मगाएका जुत्ताहरु बलियाे हुने भएकाेले ट्रेकिङकै लागि तयार पारिएका जुत्ताहरु मगाईएकाे जानकारी दिए । उनका अनुसार एक जाेर ट्रेकिङ जुत्ताकाे मात्र ३५ हजार रुपैयाँ परेकाे छ ।

याे सहयाेग नै पर्याप्त नभइ अझै पनि पाेर्टर गाइडहरुकाे लागि सहयाेग जुटाउने उनकाे याेजना छ। अनसिन हिराेका रुपमा चिनिने पाेर्टर गाइडलाई सुरक्षाकाे दृष्टिले डाउन ज्याकेट, पन्जा, टोपी, चस्मा भए सहज हुने अधिकारीकाे भनाई छ।

नेदरल्याण्ड नागरिक Oscar Delgado ले नेपालमा पद यात्राकाे क्रममा पाेर्टर गाइडकाे रुपमा काम गर्ने मानिसहरुकाे पसिनाकाे मूल्यकाे कदर गर्दै सहयाेगी भावना पलाएकाे बताए । ‘पर्यटकका ठुला ठुला भारि बाेकेर हिड्ने सहयाेगिले नै नेपालकाे पर्यटन सम्भव बनाएका छन् ।’ उनले भने-‘यस्ताे कडा परिश्रम गर्ने मूल्यवान मानिसहरुकाे पिडादायी अवस्थाले मलाई साेच्न बाध्य बनायाे र उनीहरुकाे सुरक्षाका लागि सहयाेग जुटाउने संकल्प गरे ।’

सहयाेग गर्नु समस्याकाे समाधान नभई आफूहरु सहयाेगिहरुले गर्ने कामका लागि समर्थक भएकाे बताए ।आफूहरुकाे यस समर्थनले पदयात्राका सहयाेगिलाई पहाडहरूमा आरामसँग सुरक्षित रूपमा र अनुहारमा ठूलो मुस्कान लिएर हिड्न सक्ने उनकाे विश्वास छ । उनी यसअघि ८ वर्ष पहिले नेपालमा पहिलो पटक आएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्