पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै एकवर्ष पछि आयो अर्को अन्तर्राष्ट्रिय उडान

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै एकवर्षपछि फेरि अन्तर्राष्ट्रिय चिनियाँ उडान आएको छ । पोखरामा हुने तेश्रो पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्रि दौडका सहभागि सहित कुन्मिङ नगरका पाहुना लिएर सिचुआन एयरलाइन्सको जहाज पोखरा आएको हो । चीनको कुन्मिङबाट उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा २ बजे अवतरण गरेको हो ।

यसअघि सन् २०२३ नोभेम्बर २३ मै हिमालय एयरलाइन्सको जहाज पोखरा आएर फर्केदेखि पोखरामा अहिलेसम्म कुनैपनि अन्तर्राष्ट्रिय उडान भएका थिएनन् । हिमालयनले त्यो बेला चीनबाट ९५ जना यात्रु पोखरा ल्याएको थियो ।

बिहीबार १ सय ३४ जनालाई लिएर आएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै एकवर्षपछि अन्तर्राष्ट्रिय उडानको चार्टड जहाज पोखरा आएको भएपनि आन्तरिक उडान भने नियमित भईरहेको छ । तर, अन्तर्राष्ट्रिय उडानका लागि भने जहाजको तत्कालको कुनै तालिका छैन । अघिल्लो वर्ष सातवटा अन्तर्राष्ट्रिय उडान भएपनि यो अग्रेजी वर्षको पहिलो उडान भएको हो ।

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा, फ्लाई दुबई, एयर एसिया लगायतका वायुसेवा कम्पनीहरूले अन्तर्राष्ट्रिय उडान गर्ने तयार गर्दा पोखरामा नहुदा व्यवसायी निरास बनेका छन् ।
२३ कात्तिक देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरेर समानान्तर ट्याक्सी वे, एप्रोनलगायत विस्तारको काम गर्न लागेको क्यानले विन्टर सिजनदेखि ४० प्रतिशत उडान भैरहवा वा पोखरा सार्न अन्तर्राििष्ट्रय उडान गर्ने वायुसेवा कम्पनीलाई आग्रह गरेको थियो ।

तर, वायुसेवा कम्पनीहरू पोखरा आउन तयार देखिएका छैनन् । बरु उडान काटौती गर्न तर्फ लागेका छन् । चीनबाट पनि बेला बेलामा चार्ट विमान मात्रै हैन नियमीत उडान गर्नु पर्ने पोख्ररेलीको माग छ ।
सन् २०२३ मा पोखराका लागि जम्मा सातवटा अन्तर्राष्ट्रिय चाटर उडान भएका थिए । सबैगरि २१५ जना यात्रु पोखरा ओर्लेको र ८१ जना पाहुना पोखराबाट बाहिरिएका थिए ।

त्यसबाहेक विमानस्थलबाट अरु कुनैपनि उडान भएका छैनन् ।
झन्डै २२ अर्ब रुपियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको दुइ वर्ष पुरा हुनै लागेको छ । आन्तरीक तर्फ सफल विमानस्थल मानिएको पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा ऋण कसरी तिर्ने भन्ने प्रश्न जटिल बन्दै गएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्