स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका पोखराका स्वास्थ्यकर्मी डा.वसन्त ताम्राकार र पत्रकार सुरज श्रेष्ठ सम्मानित

  • ख-
  • ख+


काठमाण्डाैं । स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका पोखराका डाक्टर वसन्त ताम्राकार र पत्रकार सुरज श्रेष्ठ सम्मानित भएका छन् ।

स्वास्थ्य दर्पण मिडिया प्रा.लि को नवाैं बार्षिकोत्सवको उपलक्ष्यमा शनिबार नेपाल पज्ञा प्रतिष्ठानमा आयोजित राष्ट्रिय हेल्थ अवार्ड २०७७ कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सम्मान प्रदान गरेका थिए ।

पाेखराका स्वास्थ्यकर्मी र पत्रकारसँगै स्वास्थ्य दर्पणले चिकित्सकहरुमा मा प्रदेश नं १ बाट न्युरोलोजिष्ट डा.वीरेन्द्रकुमार विष्ट, प्रदेश नं २ बाट स्त्री रोग विशेषज्ञ डा.लक्ष्मी थापा,लुम्बिनी प्रदेशबाट अर्थोपेडिक सर्जन डा.प्रकाशबहादुर थापा,कर्णाली प्रदेशबाट रेडियोलोजिष्ट डा.रविन खड्का छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशबाट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.खगेन्द्रराज भट्टलाई सम्मान गरेकाे थियाे ।

त्यस्तै मुटुरोग विशेषज्ञ डा.शंकर लौडारी, फिजिशियन डा.निरजकुमार सिंह, जनरल ल्याप्रोस्कोपी सर्जन डा.सूर्यज्योति श्रेष्ठ, स्वीस नागरिक रुथ गोरगेज र नवलपुर जिल्लाका स्वास्थ्यकर्मी हरिकुमार साहीलाई पनि सम्मान गरिएको थियो ।

यस्तै पत्रकारहरुमा पाेखराका श्रेष्ठ सहित दिनेश गौतम अन्नपूर्ण पोष्ट दैनिक, भगवति तिमल्सिना (नेपाल समाचारपत्र) र सरोज ढुंगेल (गोरखापत्र) हेल्थ अवार्ड, २०७७ बाट सम्मानित भएका छन् । त्यस्तैगरी विद्युतीय माध्यमतर्फ सम्झना महर्जन (रेडियो सगरमाथा)लाई अवार्ड प्रदान गरिएको हाे। अनलाईनतर्फ बुनु थारु र नमराज भट्ट सम्मानित भएका हुन ।

कोभिड १९ को व्यवस्थापनमा उल्लेखनीय कार्य गरेवापत लुम्बिनी प्रदेशको खजुरा गाउँपालिका र बागमति प्रदेशको इच्छाकामना गाउँपालिकालाई पनि संस्थागत सम्मान गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्