पाेखरा । उच्च उचाइ क्षेत्रका लागि अक्सिजन उत्पादन गर्ने मास्क (Oxygen-generating Mask for High Altitude Area) काे पाेखरामा प्रदर्शन गरिएकाे छ ।
ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) गण्डकीले उच्च उचाइ क्षेत्रका लागि अक्सिजन उत्पादन गर्ने मास्ककाे एक कार्यक्रमकाविच प्रदर्शन गरेकाे हाे ।
२५ सय मिटरभन्दा माथिकाे उचाइ क्षेत्रमा ट्रेकिङ र पर्वतारोहण गर्नेहरूको लागि यस किसिमकाे मास्क अति उपयाेगि हुने मास्क निर्माण काेरियन कम्पनी INN & GH CO. लिमिटेडका सन्चालक GWANGHO HA ले जानकारी दिए ।

कार्यक्रममा उनले उत्पादन, प्रयाेग गर्ने तरिका, फाईदा, वेफाईदा लगायतका विषयमा जानकारी गराएका थिए ।
उनका अनुसार काेरियन सरकाबाट मान्यताप्राप्त यस मास्क विश्वको पहिलो माउन्ट गरिएको अक्सिजन जेनेरेटर मास्क हाे । यसकाे कुनै पनि साइड इफेक्ट छैन् ।
यस मास्कमा माउन्टेड दुई वटा अक्सिजन ट्युव राखिएकाे यस मास्ककाे अक्सिजन उत्पादनले दुई घण्टासम्म सास फेर्न सकिन्छ । जम्मा ४२ ग्राम वजन भएकाे यस मास्क अल्पाइन ट्रेकिङ र आरोहणको अनुकुलन हुने गरि निर्माण गरिएकाे हाे ।
याे मास्क लेक लागिसकेपछि पनि आराम गरेर लगाउदा मास्क काम गर्छ । याे मास्कले अक्सिजनकाे लेवल आफै मिलाउने हुनाले याे मास्क प्रयाेग गर्न सुरक्षित हुने उनकाे भनाई छ । याे मास्क अमेरिका, जापान र युराेपियन देशतिर पनि किनबेच भईरहेकाे छ ।
कोरियन माउन्टेनियर 14 Peaks पर्वतारोही KIM MI GON ले काेरियामा नेपालमा जस्ताे ठुला हिमाल नभएपनि हिमालप्रति चासाे राख्ने भएकाेले आफुहरुले याे मास्क नेपालकाे लागि प्रयाेग गर्न पाउदा खुसि लागेकाे बताए ।

उनले नेपालीहरु असल र इमान्दार काेरियनहरु नेपालमा आउने चाहने उल्लेख गरे । उनले नेपालमा भएका अग्ला हिमाल चढ्दा अक्सिजनकाे कमिले आईपर्ने समस्यालाई मध्यनजर गर्दै अक्सिजन मास्क नेपालकाे लागि अति उपयाेगि हुने बताए । यस मास्क निर्माण गर्न तिन वर्ष लागेकाे उनले भनाई छ । यस मास्ककाे नेपाली रुपैयाँ ७ हजार रुपैयाँ पर्छ ।
Trekking Camp Nepal Pvt. Ltd. का सन्चालक WANCHU SHERPA ले वातावरणमैत्री यस मास्ककाे प्रयाेगले नेपालका अग्ला पहाड तथा हिमालहरु आराेहण तथा ट्रेकिङ गर्न चाहानेहरुलाई बढि उपयाेगि बताए । जसले गर्दा नेपालमा पर्यटन बढ्ने सम्भावना बढि हुने उनकाे विश्वास छ ।
नेपाल पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले उच्च उचाइमा ट्रेकिङ र पर्वतारोहण गर्ने यात्रीहरूको सुरक्षा सुनिश्चित गर्नका लागि अक्सिजन उत्पन्न गर्ने मास्कको प्रयोग अत्यन्त महत्त्वपूर्ण भएको बताए। “यो उपकरण पर्वतारोहण र ट्रेकिङका क्रममा अक्सिजनको कमी र शारीरिक समस्याहरूसँग जुध्नमा महत्वपूर्ण सहयोग पुर्याउँछ, जसले यात्रुहरूको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न मद्दत पुर्याउँछ।उनले भने-“उच्च हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटकहरूको लागि यस उपकरणको प्रयोग जीवनदायिनी साबित हुन सक्छ।यसले पर्यटन क्षेत्रलाई अझ सुरक्षित र स्वास्थ्यपूर्ण बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।”

टान गण्डकीका प्रथम उपाध्यक्ष तीर्थराज सुवेदीले उच्च उचाइमा अक्सिजनको कमीलाई सम्बोधन गर्न प्रस्तुत गरिएको नयाँ अक्सिजन उत्पादन गर्ने मास्कको प्रदर्शनीको अवसरमा सबै लाई स्वागत गरेका छन् । उनले भने-“उच्च उचाइमा अक्सिजनको मात्रा घट्दा मानिसको शारीरिक अवस्था कमजोर हुन सक्छ, जसले स्वास्थ्यमा गम्भीर समस्या ल्याउन सक्छ। यस्तो अवस्थामा पूरक अक्सिजन प्रदान गर्ने उपकरणहरू अत्यन्त महत्वपूर्ण छन्।”
आजको यस प्रदर्शनीले पर्वतारोहण र अन्य उच्च उचाइमा काम गर्ने व्यक्तिहरूका लागि ठूलो सहारा बन्ने विश्वास उनकाे विश्वास छ ।
कार्यक्रमकाे समापन गर्दै टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले उक्त मास्क उच्च उचाइमा यात्रा गर्ने पर्यटक, पथप्रदर्शक र सहयोगी कर्मचारीहरूका लागि अत्यन्त उपयोगी हुने बताए। अध्यक्ष आचार्यले भने-“यो मास्कले उच्च उचाइमा अक्सिजनको कमी महसुस गर्ने सबैलाई सुरक्षा र सहारा दिनेछ, जसले गर्दा ती व्यक्तिहरूको स्वास्थ्य र समग्र अनुभवमा सुधार आउने छ।”
यो मास्कले अक्सिजनको कमीलाई पूरक अक्सिजन उत्पन्न गरेर उच्च उचाइमा यात्राको अनुभवलाई सहज र सुरक्षित बनाउँछ ।
टान गण्डकीले उच्च उचाइ क्षेत्रमा ट्रेकिङ र पर्वतारोहण गर्नेहरूको लागि अत्यावश्यक सुरक्षा उपकरण अक्सिजन उत्पादन गर्ने मास्क (Oxygen Generating Mask) उपयाेगि हुने भएकाेले काेरियन कम्पनीकाे सहकार्यमा मास्ककाे उपयाेगिताबारे जानकारी गराएकाे हाे ।











