युवा बौद्ध संघको निःशुल्क शिविरमा ५८४ जनाको स्वास्थ्य परिक्षण

  • ख-
  • ख+


पोखरा । युवा बौद्ध संघ नदिपुरको आयोजनामा निःशुल्क आखाँ तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

आधिखोला पञ्चमुल स्याङ्जामा सम्पन्न भएको निःशुल्क आखाँ तथा स्वास्थ्य शिविरमा १३ जनामा मोतियाविन्दु देखिएको थियो ।

आयोजक युवा बौद्ध संघको पहलमा उनीहरुको हिमालयन आखाँ अस्पतालमा निःशुल्क शल्यक्रिया समेत गरेको कार्यक्रम संयोजक जितेन्द्र नापितले बताए ।


हिमालयन आखाँ अस्पताल घारीपाटनको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा डा.बिकाश गौचन,डा.बिनिता बज्राचार्य,सुदेशना अधिकारी र प्रमानन्द अधिकारीले बिरामीको परिक्षण गरेका थिए ।

डा.गणेशमान गुरुङ प्रमुख अतिथि रहेको सो कार्यक्रममा संघका संस्थापक अध्यक्ष उत्तममान बुद्धाचार्य,भिक्षु द्धय पैंयासार,प्रमुतो,धर्मोदय सभा अध्यक्ष टिबी पुन,आधिखोला गाउँपालिका वडा १ का अध्यक्ष लोक प्रसाद ढकाल,संघका अध्यक्ष सुदिप प्रधानङ्ग लगायतका उपस्थिीत रहेको थियो ।


त्रि सहिद नमुना माध्यामिक विद्यालय प्राङ्णमा आयोजना भएको सो कार्यक्रममा लायन्स क्लब अफ पोखरा लेक सिटी सहयोगी संस्थाको रुपमा रहेको संघका सचिव कमला थापाले बताईन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्