रुपामा फैलिदै नेवि संघ इकाइ,पृथ्वी रुपा माविमा सम्झना

  • ख-
  • ख+

पोखरा । रुपा गाउँपालिकामा नेवि संघले आफ्नो शाखा विस्तार गरेको छ । विहीवार रुपाकै सबैभन्दा ठूलो विद्यालय पृथ्वी रुपा माविमा नेवि संघले आफ्नो शाखा विस्तार गरेको हो ।

सम्झना सुनारको अध्यक्षतामा रुपा ६ को पृथ्वी रुपामा नेवि संघ इकाइ समिती गठन गरिएको हो । समितिको
उपाध्यक्षमा अमन गुरुङ र सुसान्त ज्ञवाली, सचीवमा सपना सुनार, सहसचिव शिशिर लामिछाने र
कोषाध्यक्ष विनिता परियार चयन भएका छन् ।

यस्तै सदस्यमा दिपा अलि, अविशेक सुनार, पारस सुनार सहित ९ जना सहितको समिती गठन गरिएको हो ।

संगठन विस्तारको कार्यक्रमका प्रमुख अतिथि नेवि संघ कास्की १ का क्षेत्रीय सभापति सागर रानाभाटले रुपाकै ठूलो स्कुलमा नेविसंघको शाखा विस्तार गर्नु ठुलो उपलब्धि रहेको दाबी गरे । उनले भ्रष्ट ओली सरकारदेखि रुष्ट विद्यार्थी आफै नेतृत्वमा आउन कदम चालेको धारणा राखे ।

विशिष्ठ अतिथि राजीव भण्डारी र विमान प्रधानले नेविसंघले संगठन विस्तार मात्र नभई विद्यार्थीको हक र अधिकारबारे पनि लड्ने बताए ।

नेवि संघ रूपा ६ का सभापति सुमन सुवेदीकाे अधयक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन निरोज लामिछानेले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्