जनताको समस्या सुन्न काँग्रेस पर्यटकीय गाउँ ताङतिङमा

  • ख-
  • ख+

पाेखरा । प्रमुख प्रतिपक्ष काँग्रेसले गाउँ पुग्ने अभियान थालेको छ । जनताको समस्या सुन्दै काँग्रेस पर्यटकीय गाउँ ताङतिङ पुगेको छ ।

नेपाली काँग्रेसका नेता एवंम पूर्व मन्त्री महादेव गुरुङ सहित पोखराका पूर्व मेयर भोला थापा, कांग्रेस नेता एवं पूर्व प्रधानपंच देवीजंग गुरुङ, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि लेख बहादुर गुरुङ, माँदी जनप्रतीनधी एवं नेवि संघ पुरव केन्द्रीय सदस्य सरोज केसी, नेवि संघका नेता पशुपती भट्टराई , नेवि संघ कास्की पूर्व अध्यक्ष बिक्रम आदित्य सिंह गिरी,भोज बहादुर गुरुङ, कांग्रेस युवा नेता सुजन पाण्डे, राम गुरुंग, टेक गुरुङ, सबिन गुरुङ,सुमन गुरुङ, बुद्धी लामीछानेको टिम ताङतिङ पुगेको हाे ।

तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष तथा नेवि संघ पूर्व केन्द्रीय महामन्त्री समेत रहेका नेता महादेव गुरुङले देशले काँग्रेसलाई खोजी रहेको बताए । ‘मुलुकले अहिले काँग्रेस खोजी रहेको छ ।’ कम्युनिष्ट सरकारको विकल्पमा अहिले मुलुकले अहिले काँग्रेस खोजेको छ,’ उनले भने, ‘हामी अहिले सत्तामा जानुभन्दा पनि जनतामाँझ पुग्नु पर्छ ।’ जनताको समस्या सम्बोधन गर्नको लागि काँग्रेस गाउँ फर्किएको उनले बताए ।

समृद्ध मुलुक निर्माण र बलियो कांग्रेस निर्माणको अभियानमा मादीबाट सुरु भएको उनले उद्घोष गरेका छन् । अन्य नेताले पनि गाउँ तहबाटै काँग्रेस समृद्ध नेपाल निर्माणमा जुट्नु पर्ने धारणा राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्