नेपाल टेलिकमको डाटा सेन्टर बनाउने ठेक्का चिनियाँ कम्पनी हुवावेलाई

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं। नेपाल टेलिकमको काठमाडौं र भैरहवामा बन्‍ने डाटा सेन्टरको भौतिक पुर्वाधारको ठेक्का चिनियाँ कम्पनी हुवावे पाएको छ ।

टेलिकमले दुवै ठाउँमा एकै किमिसको डाटा सेन्टरको भौतिक पुर्वाधारका लागि चिनियाँ कम्पनी हुवावेलाई छानेको सूचना आजको गोरखा पत्रमा सूचना निकालेको टेलिकमका प्रवक्ता हरि ढकालले बताए ।

उनले  भने, ‘नेपाल टेलिकमले काठमाडौं र भैरहवामा बन्‍ने डाटा सेन्टरको भौतिक पुर्वाधार बनाउने कम्पनीको नाम सार्वजनिक गरेको हो। अब हामीले कम्पनीलाई एक हप्ताभित्रै सम्झौता गर्न बोलाउनेछौं।’

उनका अनुसार हुवावेले ४८ करोड ४६ लाख ३८ हजार ७२१ रुपैयाँको डाटा सेन्टरको भौतिक पूर्वाधार बनाउने ठेक्का पाएको हो ।

डेटा सेन्टर बनाउनका आवश्‍यक चाहिने लागि पावर, सेक्युरी, कनेक्टीभिटी लगायतका भौतिक पुर्वाधार हुवावे कम्पनीले सम्झौता गरेको ९ महिनाभित्रै बनाइसक्‍नु पर्ने प्रवक्ता ढकालको भनाइ छ। ‘ हामीले ठेक्का दिएको कम्पनीले सम्झौता भएको ९ महिनाभित्र काम सम्पन्न गरिसकेको हुनुपर्छ।’ उनले भने ।

टेलिकमले हुवालेलाई अबको एक हप्ताभित्रै डेटा सेन्टरको भौतिक संरचना बनाउनेबारे सम्झौता गर्न पत्र पठाउने उनको भनाइ छ ।

हेर्नुहोस् ठेक्का पाएको सूचना  : 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्