केही घन्टामा कोभिड मार्ने चक्की बनाइँदै

  • ख-
  • ख+

एजेन्सी । खाएको केही घन्टाभित्रै कोभिडलाई मार्ने एक चक्की बनाउँदै गरिएको एक विज्ञले बताएका छन् । 

यो चक्की बजारमा आएपछि लकडाउन लगाउन नपर्ने बताइएको छ ।

केही महिनाभित्र यस चक्कीमाथि थप अनुसन्धान गरिने र प्रयोग गर्न लायक ठहरिएमा बजारमा ल्याइने विज्ञहरूको भनाइ छ । 

एन्टीभाइरल चक्कीले कोरोनाभाइरसलाई शरीरमा रूप परिवर्तन गरी गरी फैलिन दिँदैन । 

अहिलेका नयाँ भेरिएन्टहरूको असरलाई रोक्ने र भाइरस फैलिन नदिने काम यी एन्टीभाइरलले गर्ने आशा छ । 

बेलायत सरकारले एन्टीभाइरल चक्कीको अनुसन्धान गराइरहेको हो । 

ग्लास्गो विश्वविद्यालयका प्राध्यापक केभिन ब्लाइथ चक्की अनुसन्धान टोलीका प्रमुख हुन् । उनले भने, ‘एन्टीभाइरल चक्कीले काम गरेमा ठूलो उपलब्धि हुनेछ ।’

यसले काम गरेमा स्वास्थ्य सेवामाथि चरम दबाब पर्ने छैन किनकि रोगीहरू अस्पताल आउनै पर्दैन । अनि लकडाउन वा अन्य किसिमका कठोर नियन्त्रण पनि लगाउन पर्दैन ।’

कोभिड पोजिटिभ भएको केही दिनभित्र चक्की खाएमा शरीरमा कोरोनाभाइरस मर्ने अपेक्षा गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्