आहा ! रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजाबाबुलाई स्कूटर हस्तान्तरण

  • ख-
  • ख+

सहारा क्लब पोखराको आयोजनामा भएको १९ औं संस्करणको आहा ! रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजाबाबुलाई सोमबार अप्रिला स्कूटर हस्तान्तरण गरिएको हो ।

पोखरा । आहा ! रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजाबाबु थापालाई स्कूटर हस्तान्तरण गरिएको छ ।

उपाधि विजेता टोली संकटाका गोलरक्षक समेत रहेका राजाबावुलाई पोखरामा अप्रिलाका अधिकृत बिक्रेता सिताज लाइफ स्टाइलका प्रबन्ध निर्देशक अनुजकुमार बास्तोलाले स्कूटर हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा क्लबका अध्यक्ष केशवबहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली, प्रथक उपाध्यक्ष हरिराम गुरुङ (सुरज) लगायतको उपस्थिति थियो । 

राजाबाबुले प्राप्त गरेको स्कूटर अप्रिला स्ट्रोम १२५ को बजार मूल्य २ लाख ४६ हजार ९ सय पर्छ । कम्पनीले स्कुटरमा लाग्ने कर छुट समेत गरी हस्तान्तरण गरेको जनाएको छ ।

पोखरा रंगशालामा  गत चैत २१ देखि २८ सम्म सम्पन्न प्रतियोगितामा संकटाले उपाधि जित्दा पाहुना टोली अफ्रिकन रुट एसोसिएसन, क्यामरुन उपविजेतामा सीमित भएको थियो ।


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्