युवा तथा खेलकुद मन्त्री बने दीपक मनाङे

  • ख-
  • ख+

पोखरा । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले सांसद मनाङेलाई मन्त्रीको रुपमा विहिवार सपथ गराएका हुन् ।

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज नै मनाङेलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

सामाजिक विकास मन्त्रालयलाई फुटाएर मनाङेलाई खेलकुद मन्त्री बनाइएकाे हाे ।

राजीव गुरुङ मनाङको प्रदेशसभा ‘ख’ बाट नेकपा एमालेकै समर्थनमा चुनाव जितेका हुन् । तस्विर : सुदर्शन रन्जित

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्