हावाका कारण कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेकाे छ-सीडीसी

  • ख-
  • ख+

न्यूयाेर्क । अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले हावाका कारण कोरोना संक्रमण तीव्रगतिमा फैलिरहेको दाबी गरेकाे छ। 

बेलायत, अमेरिका र क्यानडाका ६ सदस्यीय विज्ञहरूको टोलीले गरेको अध्ययनमा कोरोना हावामा रहने उल्लेख छ। लामो समयसम्म घरबाहिर बस्ने मानिसहरूलाई यसले सिधै आक्रमण गर्ने उनीहरुकाे भनाइ छ। त्यसैले घरबाहिर नबस्न उनीहरुले आग्रह गरेका छन्।

सीडीसीका अनुसार मानिसले सास छोड्दा वा कसैसँग कुरा गर्दा वा एक्लै बोल्दा व्यक्ति नजिकको सतह वा हावामा भाइरस मिसिन्छ र लामो समयसम्म सक्रिय रहन्छ। कुराकानी गर्दा मुखबाट निस्कने र्‍यालको ठूलो वा सानो थोपा घन्टौंसम्म हावामा रहन्छ।  

यो भाइरसले आफैंलाई धेरैपटक परिवर्तन गर्छ। भाइरसको प्रोटीन शक्तिशाली भएकाले मानव कोशिकामा पस्ने क्षमता रहेकाे वैज्ञानिकहरुकाे भनाइ छ। एकपटक शरीरमा प्रवेश गरेर यसले संक्रमण फैलाउन थाल्छ। 

६ फीटको दूरीमा बस्दा मानिसलाई भाइरसले प्रभावित गर्न नसक्ने सीडीसीको भनाइ छ। 

यी हुन् हावाबाट कोरोना सर्छ भन्ने सीडीसीका प्रमाण

१. संक्रमितका नाकमुखबाट निस्किने छिट्टा तथा कपडा, भाँडाकुँडा, फर्निचर आदिमा भएका भाइरसले मात्रै कोरोना यति तीव्र रूपमा फैलन सक्दैन।

२. क्वारेन्टिन होटलमा अनुसन्धान गर्दा एकअर्कालाई नभेटी वा सम्पर्कमा नआउँदा पनि वरिपरिका कोठामा बसेका मानिसमा समेत भाइरस सरेको पाइएकाे छ।

३. कोरोना ३३ प्रतिशतदेखि ५९ प्रतिशतसम्म लक्षण नभएका संक्रमितबाट सरेको पाइएकाे छ। यसबाट कोरोना हावाबाट पनि फैलिने तथ्य पुष्टि हुन्छ।

४. खुला ठाउँमा भन्दा बन्द कोठामा कोरोना तीव्र गतिमा सर्छ। झ्याल, ढोका खुला राखिएका तथा भेन्टिलेसन भएका कोठामा भाइर एकबाट अर्काेमा सर्ने सम्भावना कम हुन्छ।

५. अस्पतालमा पीपीई लगाएका स्वास्थ्यकर्मीमा पनि कोरोना सरेको पाइयो। यसको अर्थ पीपीई ड्रपलेटबाट बच्ने हिसाबले मात्र बनाइएको हुन्छ। यसैले उनीहरूमा एयरोसोल अर्थात् हावाबाट कोरोना सर्नु हो।

६. प्रयोगशालामा हावामा कोरोना ३ घण्टासम्म घुमिरहेको पाइएको अनुसन्धानकर्ताले बताएका छन्।

७. अस्पताल र घरमा राखिएका एयर फिल्टर र डक्टमा पनि कोरोना भेटिएको छ, यस्तो स्थानमा एयरोसोलबाट भाइरस पुगेको वैज्ञानिकको ठहर छ।

८. पिँजडामा राखिएकाे जनावरलाई समेत संक्रमण हुनुले पुष्टि गर्छ। कोरोना हावाबाट पनि फैलिरहेको छ।

साभार:स्वास्थ्यखबरपत्रिका

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्