समुदायमा लुकेर रहेका संक्रमितको खोजीलाई प्राथमिकता,आजकाे आवश्यकता

  • ख-
  • ख+

✍️निराजन लामिछाने (जनस्वास्थ्यकर्मी/हेल्थ असिष्टेन्ट)
स्याङजा ।
नेपालमा अहिले कोभिड-१९ काे नयाँ भेरियन्टको संक्रमण दर दिनानुदिन बढदै गइरहेको छ । संक्रमित संख्याहरु बढदै जाँदा उपचारको लागि अस्पतालमा वेड नपाउने र अस्पतालमा भाैतारिनुपर्ने परिस्थितिमा हामीहरु छाैं ।

संक्रमण दरलाई रोक्नको लागि सुरुमा त एकबाट अर्कोमा नसर्ने स्वास्थ्य सेवाका मापदण्डहरु हामी आम नागरिकले पुर्ण रुपमा पालना गरियो भने मात्र फैलन सक्ने संक्रमण दर न्युन हुदै जानेछ ।

हाम्रो समाजमा सामान्य ज्वरो रुघा खोकी आएमा मेडिकलबाट औषधी लिने घरमा नबसि समुदायमा हिडने साथै कोभिड-१९ हैन र अन्य चिसो वा दैनिक खानपिनको कारणले भनि घरमा वा समाजका व्यक्तिहरुसँग नजिक रहेका हुन्छाैं । र, कोभिड जाँच तर्फ लाग्दैनाै, जसले गर्दा संक्रमण फैलिएको छ ।

गाउँघरमा प्राय एउटा वाथरुम र आराम गर्ने वस्ने कोठाहरु पनि अपर्याप्त नै हुन्छ, जसले परिवारका सदस्यलाई कोभिड सर्ने सम्भावना धेरै हुन्छ ।

हालको परिस्थितिमा संक्रमण भएका अधिकांशलाई सास फेर्न गाह्राे हुने र अक्सिजनसँगै थप उपचारको आवश्यक रहेको देखिन्छ ।

हामीहरुको माग सबै स्थानिय तहमा अक्सिजन सहितको कोभिड-१९ उपचारको खोजिमा छाैं/चाहन्छाैं पनि तर यसलाई व्यवस्थापन गर्न आवश्यक Oxygen cylinder, Concentrater, Oxygen Pipelines जडान साथै अक्सिजन प्लान्ट बनाउनेतर्फ केन्द्रित देखिन्छ ।

यदि Oxygen cylinder, Concentrater, Oxygen Pipelines जडान भएर आइशाेलेसन संचालनमा ल्यायौं भने पनि मेडिकल अफिसर विना सेवा संचालन गर्दा त्यहा संयाेगवस कुनै कोभिड संक्रमित जटिल अवस्थामा गई समयमा नै थप उपचार नपाउँदा मृत्यु भएमा जिम्मेवार निकायलाई असहज परिस्थितिको सामाना गर्नुपर्ने देखिन्छ ।

हाम्रो धेरै स्थानिय तहहरुमा भएको जनशक्ति हेल्थ असिष्टेन्ट, अ हे ब र अ न मि मात्र हो जसले गर्दा जनशक्तिको पनि अभाव देखिन्छ, भएको जनशक्तिलाई समुदायमा संक्रमण फैलिने दरलाई रोक्न परिचालन गरि समुदायमा लुकेर रहेका (Hidden Cases) संक्रमितको पहिचान, पिसिआर/ एन्टिजेन परिक्षणको व्यवस्थापन गर्नु नै उत्तम मानिन्छ ।

साथै सबै स्थानिय तहहरुमा संक्रमितलाई संस्थागत आइशाेलेसन मा राख्ने व्यवस्था मिलाउने जसमा इमर्जेन्सी अवस्था साथै बिरामीले अन्य अस्पतालमा वेड नपाउँने परिस्थिति सम्मको लागि आवश्यक रहने अक्सिजन सिलिन्डरको व्यवस्था गर्ने र त्यहाँबाट जटिल संक्रमित केसलाई जिल्लाका १ वा २ वटा ठाउँमा एकिकृत व्यवस्थापन गर्ने गरी Critical Care management centre (Hospital) संचालनमा ल्याउने र त्यहाँ रिफर गर्ने व्यवस्था गर्ने , आवश्यक पर्ने दक्ष जनसक्ति सवै स्थानिय तहबाट कामकाज गर्न खटाउने व्यवस्था गरियो भने अवश्य नै कोभिड संक्रमणबाट मृत्यु हुने संख्या घटाउन सकिनुका साथै संक्रमण नियन्त्रण गर्न ठुलाे मद्दत पुग्ने देखिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्