कोरोना संक्रमणः थप ४ को मृत्यु, ह्वात्तै ओरालो लाग्यो संक्रमण दर

  • ख-
  • ख+

दमौलीः तनहुँमा पछिल्लो २४ घण्टाको पीसीआर परीक्षण नतिजाले कोरोना संक्रमण दरमा ह्वात्तै ओरालो लागेको पाइएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरणमा यस अवधिमा १७ जनामा मात्र संक्रमण भेटिएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका ९६ जनाको पीसीआर परीक्षण भएको थियो ।
यस अघि शनिबार भने जिल्लाभर ६४ जनामा संक्रमण पाइएको थियो ।
तनहुँमा हाल सक्रिय संक्रमितको संख्या भने झण्डै एक हजारको हाराहारीमा पुगेको निर्देशनालयको रेकर्डले देखाएको छ ।

४ जनाको मृत्यु
पछिल्लो २४ घण्टाको विवरण अनुसार तनहुँका तीन जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमध्ये व्यास २ का ४६ वर्षका पुरुषको फेवा सिटी अस्पताल पोखरामा आईतबार निधन भएको निर्देशनालयले जनाएको छ ।


यसैगरी, आँबुखैरेनी २ की ४३ वर्षिया संक्रमितको शनिबार गण्डकी मेडिकल कलेजमा, भिमाद ९ का ४८ वर्षका संक्रमितको शनिबार चरक मेमोरियल अस्पताल तथा शुक्लागण्डकी ७ का ५६ वर्षिय संक्रमितको शनिबार गण्डकी मेडिकल पोखरामा उपचारका क्रममा ज्यान गएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्