शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी छन् । लामो समयदेखि शिक्षक आन्दोलन र शिक्षा विधेयकको विषयमा सरकारभित्रको मतभेदले जटिलता निम्त्याइरहेका बेला मन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आफ्नो राजीनामा पेश गरेकी हुन्।

प्रधानमन्त्रीसँगको भेटपछि राजीनामा बुझाएको जानकारी भट्टराईको निजी सचिवालयले दिएको छ। पछिल्ला केही महिनादेखि शिक्षकहरुले आफ्ना विभिन्न माग राख्दै आन्दोलन चर्काएका छन्। सोही आन्दोलनको सन्दर्भमा मन्त्री भट्टराई शिक्षक प्रतिनिधिहरूसँग पटक–पटक संवादमा जुटेकी थिइन्। उनले शिक्षा विधेयक हाल संसदीय समितिमा छलफलमा रहेको र यसलाई चाँडै निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।

आन्दोलनकारी शिक्षकहरू वार्ताका लागि बोलाउँदा समेत अडानमै अडिग रहेपछि समस्या झन् जटिल बन्दै गएको थियो। यस्तै तनावपूर्ण वातावरणमा शिक्षामन्त्री र प्रधानमन्त्रीबीच विधेयकका कतिपय बुँदालाई लिएर असहमति देखिएको बताइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्