गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

संविधानको धारा १६८ (५) अनुसार उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । पोखरेललाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिवार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

अब उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्