मन्त्री गुरुङद्वारा खेलाडीहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण

  • ख-
  • ख+

पाेखरा ।

गण्डकी प्रदेशका विना विभागिय मन्त्री राजिव गुरुङ (दिपक मनाङे)ले कोभिड १९ काे महामारी र यसकाे नियन्त्रणका लागि भएकाे बन्दाबन्दिका कारण समस्यामा परेका खेलाडीहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।

गुरुङले पाेखरा रंगशालामा एक कार्यक्रमका विच पारा खेलाडी र अन्य विभिन्न खेलका ६० जना खेलाडीहरुलाई झण्डै तीन लाख रुपैयाँ वरावरकाे राहत तथा स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

साेमवार भएकाे उक्त कार्यक्रम गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोग तथा जिल्ला खेलकुद विकास समिती कास्कीको आयोजनामा भएकाे हाे ।

७१ जनाले गरे रक्तदान

यसै विच विश्व रक्तदाता दिवसका अवसरमा जिल्ला खेलकुद विकास समिती कास्कीको आयोजनामा सोमबार पोखरा रंगशालामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालयको सहयोग तथा राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषदको समन्वयमा भएको उक्त रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका हुन ।

यस अघि रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगर पालिकाका प्रमुख मान बहादर जिसीले कोभिड १९ महामारीको विषम परिस्थितीमा समेत रक्तदान कार्यक्रम आयोजना गर्नु महत्वपूर्ण रहेको बताए ।
सो अवसरमा प्रमुख जिसीले कोभिड १९ विरुद्ध जिल्ला खेलकुदले सचेतना कार्यक्रम सँगै महामारीको पिडामा रहेका खेलाडीहरुलाई खाद्यान्न सामाग्री वितरण, वातावरण संरक्षणका लागि वृक्षारोपण तथा सरसफाई कार्यक्रम गर्नु प्रशंसा योग्य रहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्