निवर्तमान मुख्यमन्त्री गुरुङ र मनाङेका सहयाेगी विच भेट

  • ख-
  • ख+

पाेखरा ।
गण्डकी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सरकारका विना विभागिय मन्त्री राजिव गुरुङ ( दीपक मनाङे) का विशेष सहयाेगी राेनित गुरुङविच भेटवार्ता भएकाे छ ।

मंगलवार गण्डकी प्रदेशकाे वजेट प्रस्तुत कार्यक्रममा चियापानकाे समयमा भएकाे भेटका क्रममा दुई जनाबिच निवर्तमान मुख्यमन्त्री गुरुङ र प्रदेश सरकारका विना विभागिय मन्त्री मनाङेकाे पछिल्लाे समयमा भएका राजनीतिक गतिविधि र आराेप प्रत्याराेपका विषयमा कुरा केन्द्रित रहेकाे सहयाेगी राेनित गुरुङले बताए ।

भेटका क्रममा पृथ्वीसुव्वा गुरुङले दीपक मनाङेलाई विगतमा गरेका सहयाेगका कुराहरुलाई आफुले स्वीकार गरेकाे राेनित बताए । उनले भने: “पृथ्वीसुव्वा दाईले पछिल्लाे समयमा दीपक मनाङे जीले आफुलाई सपाेर्ट नगरेकाे कुरालाई लियर गुनासाे गर्नुभयाे तर मैले संसद विघटन नगराैं कि भनेर दीपक मनाङे जीले विपक्षी गठबन्धनलाई सहयाेग गर्नुभएकाे हाे भनेर भनेपछि यस विषयमा उहाँ सकरात्मक देखिनुभयाे ।”

उनी भन्छन-” मुख्यमन्त्रीले चाहेकाे भए संसद विघटन गर्न सक्ने थिए तर सवै जनप्रतिनिधि र जनताकाे भावनाकाे कदर गरि उहाँले विघटन नगर्नुभएकाे हाे, याे कुरा सबैले बुझ्न जरुरी छ । हिजाेका दिनमा जे जस्ताे भएर दुवै जना ( पृथ्वीसुव्वा गुरुङ र दीपक मनाङे ) आवेशमा आयर मिडियामा वाेलेर एक अर्कालाई आराेप प्रत्याराेप लगाए पनि आजकाे मेराे भेट पछि उहाँहरु दुवै जना दाजुभाई एक अर्काप्रति सकरात्मक रहेकाे पाए ।”

साथै अब मन्त्री मनाङेले मन्त्रालय चलाउदा पनि निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसँग आवश्यक सरसल्लाहा लिने र अगाडि बढ्ने कुराकानी भएकाे मनाङेका सहयाेगि राेनितले सिटिपाेखरा डट कमलाई जानकारी दिए ।

यस अघि उनै पृथ्वीसुव्वा गुरुङले आफू मुख्यमन्त्री रहदा राजिव गुरुङ ( दिपक मनाङे) लाई प्रदेशकाे युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।

याे हिसावले पनि दिपक मनाङेजीेले आवेशमा भनिएका कुरालाई विर्सदै निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वासँगकाे सम्बन्ध पहिले जस्ताे सुमधुर बनाउनुहुन्छ भन्ने कुरा आफु विश्वस्त रहेकाे राेनितले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्