मन्त्री मनाङेद्वारा शिर्ष नेताद्वय देउवा र प्रचण्डसँग भेटघाट

  • ख-
  • ख+

पाेखरा । गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेशका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट गरेका छन् ।

केहि दिन अघि परेकाे अविरल वर्षाका कारण गएकाे बाढी पहिराेबाट प्रभावित मनाङवासीका लागि राहात संकलन गर्न काठमाण्डाैं गएकाे बेलामा मनाङेले शिर्ष नेताहरु प्रचण्ड र देउवासँग छुट्टाछुट्टै भेट गरेका हुन् ।

भेटका क्रममा शिर्ष नेता द्वय प्रचण्ड र देउवासँग मनाङेले पछिल्लाे राजनीतिक घटनाक्रमबारे वृहत छलफल गरेकाे निजका विशेष सहयाेगी राेनित गुरुङले सिटिपाेखरा डट कमलाई जानकारी दिए ।

उनका अनुसार मन्त्री मनाङेले गण्डकी प्रदेशकाे मन्त्रीमण्डलमा साना दल तथा स्वतन्त्र सांसद सबैलाई अहिलेकाे सरकारले समेटेर लैजान शिर्ष नेताद्वयलाई सुझाए । साथै गण्डकी प्रदेश सरकारकाे गठबन्धनकाे ठुलाे दलकाे हैसियतले मन्त्रीमण्डलमा पठाउदा पार्टीका सक्षम र इमान्दार व्यक्तित्व (सांसद) लाई पठाउन मनाङेले सुझाव दिए ।

सबैलाई समेटर लैजान सके मात्र सरकार दीर्घकालिन रुपमा रहन सक्ने मनाङेले बताए । त्यसैले सरकारमा सबैलाई समटेर लैजानुकाे विकल्प नभएकाे मन्त्री मनाङेकाे भनाई छ ।

यसै गरी मन्त्री मनाङेले काँग्रेश सभापति देउवालाई पार्टीमा युवा वर्गलाई पनि अवसर दिनुपर्ने सुझाव समेत दिए ।

साथै मन्त्री मनाङेकाे तर्फबाट उनका सहयाेगी राेनित गुरुङले गण्डकी प्रदेश सरकारमा बनेकाे गठबन्धन सरकारकाे शिर्ष नेताहरुलाई स्वतन्त्र सांसद दीपक मनाङेले भेटघाट गर्नुमा कसैले आपत्ति नजनाउन र अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गरे ।

यसैविच भाेलि साेमबार मन्त्री मनाङेले जनता समाजवादी पार्टीका अध्यक्ष वावुराम भट्टराईसँग भेटघाट गर्ने कार्यक्रम रहेकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्