निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुगमन

  • ख-
  • ख+

पाेखरा । कास्की क्षेत्र नं १(१) अन्तरगत सञ्चालित  निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका आयोजनाहरुको बुधबार अनुगमन गरिएको छ ।

प्रदेश सांसद एव अनुगमन समितिका संयोजक प्रभा कोइराला, उक्त क्षेत्रका प्रदेश सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला,जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैन बहादुर अधिकारी क्षेत्री,उप–प्रमुख सावित्रि भण्डारी, पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख दिनेशकुमार घिमिरे सोही कार्यालयका प्राविधिक र वडाध्यक्षहरु सहित गएको टोलीले आयोजनाहरुको अनुगमन गरेको हो ।

संयोजक प्रभा कोइरालाले अधिकांश आयोजनाको काम सम्पन्न भएको पाइएको र रुपा वडा नं ५ मा निर्माण हुनलागेको डेरि चिस्यान केन्दलाई निर्धारित समयम काम सम्पन्न गर्न दिईन् ।

सांसद दीपक कोइरालाले योजना छनोट गर्दा जनताको माग र आवश्यकताको आधारमा छनोट गरेकोले आयोजना निर्माण सन्तोषजनक पाइएको बताए ।

कोभिडको महामारीमा समे शत प्रतिशत आयोजना सम्पन्न्न हुनुले पनि यस कुरालाई पुष्टिगर्ने उनको भनाई थियो ।

उपभोक्ता समितिले काम गर्दा काम सम्पन्न भएपछि मात्र निर्माणको आधारमा रकम भुक्तानी गर्ने परिपाटीले पनि केही उपभोक्ता समितिलाई अप्ठेरो परेको गुनासो सुनिएकोले यसलाई पनि आगामि दिनमा सम्बोधन गर्न पहल गर्ने बताए ।

जिल्ला समन्वय समितिका संयोजक बैनबहादुर अधिकारी क्षेत्रीले कृषि कोल्ड स्टोर , डेरि चिस्यान केन्द, खानेपानी ,मोटरबाटो, शव बाहन राख्ने ट्रष्ट ,समाज घर,शहिद पार्क सवै क्षेत्रलाई समेटेर आयोजनाहरु सञ्चालन भएको पाइएको बताए ।

उनले केही योजनाहरु सम्पन्न हुन बाँकी रहेकोले असार २० गते सम्म सम्पन्न गर्न निर्देशन दिए ।

पुर्वाधार विकास कार्यालयका प्रमुख दिनेशकुमार घिमिरेले ९७ प्रतिशत आयोजना सम्पन्न भएको र बाँकी आयोजनापनि केही दिनमा सम्पन्न हुने जानकारी दिए ।

अनुगमनपछि प्राविधिकको नापजाँचसंगै भुक्क्तानी शुरु हुने घिमिरेको भनाई थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्