” मेराे मन्त्रालयकाे टुंगाे लागेकाे छैन,भ्रममा नपराैं”: मन्त्री मनाङे

  • ख-
  • ख+

पाेखरा । गण्डकी प्रदेशका विना विभागिय मन्त्री राजीव गुरुङ( दिपक मनाङे)ले आफ्नाे मन्त्रालयकाे टुंगाे नलागेकाे बताएका छन् ।

बाहिर मिडियामा हल्ला आए जस्ताे आफूलाई
युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएकाे भनिए पनि आफ्नाे मन्त्रालयकाे टुंगाे नलागेकाे भन्दै उनले कसैलाई भ्रममा नपर्न आग्रह गरेका छन् ।

सिटिपाेखरा डट कमसँग कुरा गर्दै मन्त्री मनाङेले भने:- “मेराे मन्त्रालयकाे टुंगाे लागेकाे छैन । जसपासँगै यस सरकारमा गएकाे हुनाले सरकारले जसपा र मसँग गरिएका कमिटमेण्ट पूरा नगरेसम्म कुनै पनि मन्त्रालयकाे पदभार ग्रहण नगर्ने हाम्राे निर्णय छ । त्यसैले भ्रममा नपर्नु हाेला ।” उनले थपे-” पहिला गरिएकाे सहमतिअनुसार हामीलाई मन्त्रालयकाे जिम्मेवारि नताेकिएकाेले यसैमा हाम्राे असन्तुष्टि रहेकाे छ ।”

यसअघि मनाङे पृथ्वीसुब्बा गुरुङको मन्त्री परिषद्मा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारीमा रहेका थिए भने
गत जेठ २९ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमाेर्चा र स्वतन्त्र सांसदको गठबन्धनले बनाएकाे सरकारमा मनाङेे विना विभागिय मन्त्रीकाे रुपमा रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्