एनटिभिएद्वारा ७ सय ५० विरुवा वृक्षाराेपण

  • ख-
  • ख+

पाेखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए), गण्डकी प्रदेशको आयोजनामा आज बिहान बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा नं ६ बैदाम, नहरमार्ग नजिकै पहिरोग्रस्त क्षेत्र तथा खाली पाखामा निम, धुपी, लप्सी , हररो, बर्‍रो, अमला, सुपर नेपियर जातको बिरुवाहरु गरि सात सय पचास बिरुवा रोपिएको छ ।

छोटो औपचारिक कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सांसद राजिव पहारीले बाढी पहिरो भूक्षय रोक्न र प्राकृतिक सुन्दरता कायम राख्न वृक्षारोपण नै अचुक उपाय भएकाे बताए ।

उनले फेवातालको संरक्षण तथा सौन्दर्यकरण, सडक निर्माण तथा स्तरोन्नति लगायतका विकास निर्माणका काममा आफुले पहल गरेको र आफू जनप्रतिनिधि भएकोले जनताको सेवामा लागि पर्ने बताए ।

नेपाल पर्यटक यातायात ब्यबसायी संघ, गण्डकी प्रदेशका अध्यक्ष बोबरजंग गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष बाबुराम पाण्डेले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा संस्थापक अध्यक्ष मदन शर्मा खनालले शुभकामना मन्तव्य र महासचिव सुरेश दाहालले कार्यक्रम संचालन गरेका थिए ।

वर्षाको बाबजुद पनि संस्थाका सदस्यहरु, पोखरा पर्यटन परिषद आवद्ध संघसंस्थाका अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधिहरुको सकृय उपस्थित रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्