पोखरा ।
पोखरा क्रिकेट मैदानमा आजदेखि हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु १६ अन्तर विद्यालय पुरुष टि २० क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
हिमालय क्रिकेट एकेडेमीको प्रायोजन, पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा कास्की जिल्ला क्रिकेट संघको आयोजनामा शुरु भएको उक्त प्रतियोगिताको उद्घाटन खेलमा प्रतिभा सेकेण्डरी स्कुलले २० ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ४९ रन बनाउन सफल भयो । प्रतिभा र हार्वड एकेडेमी विचको खेलमा प्रतिभाले टस जितेर ब्याटिङ लिएको थियो ।
उक्त खेलमा प्रतिभाका सावुदिन अनसारीले २९ बलमा ४६ रन बनाउन सफल भएभने दिक्षान्त अर्यालले ४६ बलमा ४९ रन बनाउदै नट आउन हुन सफल भए । हार्वडका डेनस शाहीले ४ ओभरमा २६ रन संगै १ विकेट लिए ।
हार्वडले १७.३ ओभरमा १० विकेटको नोक्सानीमा ६६ रन बनाउन सफल भए । प्रतिभाका रन्जित शर्माले ४ ओभरमा १४ रन लिएर ३ बिकेट लिन सफल भएभने रेमित शर्माले ४ ओभरमा १ मेडेन राख्दै ७ रनका साथै २ विकेट लिन सफल भए । प्रतिभाले हार्वडलाई ८३ रनले पराजित गर्न सफल भयो । खेलमा प्लेयर अफ दी म्याच प्रतिभाका दिक्षान्त अर्याल हुन सफल भए ।
रत्नज्योती सेकेण्डरी स्कुल र कुमुदिनी होम्स बीचमा भएको दोश्रो खेलमा रत्नज्योतीले टस जितेर फिल्डिङ लिएका थिए । कुमुदिनी होम्सले २० ओभरमा ७ विकेट खर्च गर्दै १ सय ४ रन बनाउन सफल भयो । जसमा सन्जित कुँवरले ३० बलमा २४ रन ल्याउदै नट आउट हुन सफल भए । त्यसैगरी रबिन पुनले २९ बलमा २१ रन बनाउन सफल भए ।
बलिङ तर्फ रत्नज्योतिका प्रमिश गुरुङले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिन सफल भए । ब्याटिङ तर्फ अरुण घिमिरेले २५ बलमा २६ रन ल्याउन सफल भए । पवन भट्टराइले ३३ बलमा १८ रन बनाएका थिएभने कुमुदिनी होम्सको बलिङ तर्फ सिद्धार्थ रावतले ४ ओभरमा १७ रन लिदै २ विकेट लिन सफल भएका थिए ।
रत्न ज्योतीले १५.४ ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ५ रन बनाउन सफल भएका थिए । रत्नज्योती सेकेण्डरी स्कुल ४ विकेटले बिजयी भएका थिएभने रत्न ज्योतीका प्रमेश गुरुङ प्लेयर अफ दी म्याच हुन सफल भएका थिए ।
यसैगरी प्रतियोगिताको उद्घाटन गर्दै कास्की जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष मिलन गुरुङले क्रिकेटको बिकासका लागि समितिको तर्फबाट सहयोग गर्ने बताउदै विद्यालय स्तरमा आयोजना गर्ने प्रतियोगिताले खेलाडी बन्ने सपनालाई सकारात्मता प्रदान गर्ने बताए ।
कास्की जिल्ला क्रिकेट संघका पूर्व कप्तान रविन्सन प्रजूले हिमालय क्रिकेट एकेडेमीले क्रिकेट लाई लक्षित गरी एकेडेमी सञ्चालनको पूर्व सन्ध्यामा विद्यालय स्तरिय प्रतियोगिताको आयोजना गरेर खेलाडीलाई हौसला प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे ।
सो अवसरमा कास्की जिल्ला क्रिकेट संघका उपाध्यक्ष दिपेन चन्द, एन्फा गण्डकी प्रदेशका सदस्य, पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुन लगायतको सहभागीता रहेको थियो ।
प्रतियोगिताको दोश्रो दिन पहिलो खेल टप्स उच्च मावि र जनप्रकाश सेकेण्डरी स्कुल र दोश्रो खेल ग्लोबल कलेजियट र त्रिवेणी स्कुल बीच हुने प्रतियोगिता संयोजक बिरेन्द्र पुनले जानकारी दिए ।










