पूर्वप्रधानमन्त्री डा. भट्टराई र गण्डकी प्रदेशका खेलकुदमन्त्री गुरुङका प्रवक्ताबिच भेट

  • ख-
  • ख+

पाेखरा । पूर्वप्रधानमन्त्री डा. वावुराम भट्टराई र गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ ( दिपक मनाङ्गे) का प्रवक्ता राेनित गुरुङबिच शिष्टाचार भेट भएकाे छ ।

भेटका क्रममा गण्डकी प्रदेशको समग्र विकासलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल भएकाे प्रवक्ता गुरुङले सिटिपाेखरा डट कमलाई जानकारी दिए ।

संघ सरकारले विकास बजेटमा प्रदेशलाई दिने गरेको बजेट न्यून रहेको र आगामी बजेट लगायत अन्य सेवा सुविधाहरु संविधानको मर्मअनुसार प्रदेशलाई अधिकार हस्तान्तरण गर्न पहल गरिदिनुहुन डा. भट्टराईलाई प्रदेशकाे तर्फबाट आफुले अनुराेध गरेकाे प्रवक्ता गुरुङले  बताए ।

देशका युवा खेलाडीहरु पलायन भईरहेकाे अहिलेकाे अवस्थामा देशमै स्वराेजगारमुलक कार्यक्रम कसरी तय गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल केन्द्रित रह्याे ।

डा. भट्टराई गण्डकी प्रदेशको जनप्रतिनिधि भएको हैसियतले पनि प्रदेशमा थप गरिएका मन्त्रालयलाई भाैतिक तथा प्रशासनिक रुपले व्यवस्थापन गर्ने विषयमा दुई आफूहरुविच छलफल भएकाे प्रवक्ता गुरुङले जानकारी दिए । यसविचमा कर्मचारी थप गर्ने र व्यवस्थित गर्ने विषयमा पनि छलफल भएकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्