खेलकुदमन्त्री गुरुङकाे सल्लाहाकारमा समीर गुरुङ

  • ख-
  • ख+

पाेखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ( दिपक मनाङ्गे) ले आफ्नाे सल्लाहाकारमा समीर गुरुङलाई मनाेनित गरेका छन् ।

स्याङजा जिल्ला वालिङ नगरपालिका १२ घुरुङ गाउँ स्थायी घर भएका युवा व्यवसायी समीर काठमाण्डाैकाे ठमेल पर्यटन विकास परिषदका निवर्तमान अध्यक्ष हुन् ।

यसअघि मन्त्री मनाङ्गेकाे सल्लाहाकार रहेका ध्वजकुमार गुरुङ गण्डकी प्रदेश खेलकुद परिषदकाे उपाध्यक्षमा नियुक्त भएपछि रिक्त पदमा मनाङ्गेले समीर गुरुङलाई मनाेनित गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्