पाेखरा महानगरमा काेभिड १९ विरुद्वकाे खाेप कार्यक्रम जारी

  • ख-
  • ख+

तिर्थ के सी/पाेखरा । पाेखरा महानगरमा आज पनि काेभिड १९ विरुद्वकाे खाेप कार्यक्रम जारी रह्याे ।

आज महानगरका १ देखि १६ नम्वर वडामा  र १९ नम्वरमा सञ्चालित खाेप कार्यक्रम समग्रमा साैहार्दपूर्ण वातावरणमा सम्पन्न भयाे ।

४५ वर्षभन्दा माथिका उमेर समूहले लगाउने भेराेेल खाेपकाे पहिलाे मात्र पाेखराकाे वडा नम्वर ५ मा ९९ वर्षीय माेतिराज गुरुङ, ८१ वर्षीय रामकृष्ण सुवेदी लगायत जेष्ठ नागरिकले पनि लगाएका थिए साथै वडा नम्वर ६ मा ८३ वर्षीय धनकुमारी श्रेष्ठ, ९३ वर्षीय सुकमाया सुनुवार, ७९ वर्षीय चन्द्रकला पहारी, ८४ वर्षीय ताेजा गुरुङ लगायतका जेष्ठ नागरिकले पनि खाेप लगाए ।

तर कतिपय खाेप केन्द्रमा ४५ वर्ष माथिलाई मात्र खाेप लगाउने भनेर ताेकिएपनि १६ वर्षका पनि खाेप केन्द्रमा लाइनमा बसेकाे देखियाे भनेर कतिपयले सामाजिक सञ्जालमा टिप्पणी समेत गरेका छन् ।

शुक्रवारदेखि सञ्चालित खाेप कार्यक्रम महानगरका केहि वडाहरुमा भाेलि पनि जारी रहनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्