भारतीय राजदुतावास पोखराले रक्तदान एवं स्वास्थ्य शिविर गर्ने

  • ख-
  • ख+

सुरज श्रेष्ठ/पोखरा । भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय पोखराले यहि सोमबार एक दिने रक्तदान एवं निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।

भारतको ७५ औं स्वतन्त्रता दिवसको सुखद उपलक्ष्यमा कार्यक्रम आयोजना गर्न लागेको कार्यालयले जनाएको हो ।

भारतीय राजदुतावास पोखराले समाजमा भई परि आउने सामाजिक कार्य धेरै गरेको भए पनि रक्तदान कार्यक्रम पहिलो पटक गर्न लागेको जनाएको छ ।

भारतीय पेन्सन क्याम्प भित्रै आयोजना हुने कार्यक्रममा निःशुल्क स्वास्थ्य परिक्षण,मुख र दाँत परिक्षण,रक्त अल्पता,क्यान्सर र स्वास्थ्य जिवन यापनको लागि जीवनशैली संबन्धी सचेतना कार्यक्रम समेत रहने छ ।

भारतीय पेन्सन क्याम्प पोखरामा रहेका अनुभवी चिकित्सकहरुले बिमारीको परिक्षण गर्ने छ । बिरामीलाई आवश्यक पर्ने औषधी निःशुल्क वितरण गरिने कार्यालयले जानकारी दिएको छ ।

पुस २६ गते सोमबार आयोजना हुने उक्त रक्तदान एवं निःशुल्क स्वास्थ्य वितरण कार्यक्रममा सर्वसाधरणले पनि सेवा लिन सक्ने छ । सोही दिन आयोजना हुने रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखराले सहकार्य गर्ने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्